हिमाल आरोहीलाई आयो खुशीको खवर

प्रकाशित मिति:

काठमाडौँ – सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको जानकारी गराएका हुन् । मन्त्री भट्टराईले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरे ।यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रिपरिषद बैठकबाट पारित गराउने मन्त्री भट्टराईको प्रतिवद्धता छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरुको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरुको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताएका हुन् । केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी समेत सरकारले गरेको छ । मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको पनि बताए ।