दुई तिहाईको सरकार गठन भएसंगै मुलकको अवस्था जर्जर :पूर्वमन्त्री भण्डारी

प्रकाशित मिति:

दमौली  /नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेकपाको दुई तिहाईको सरकार गठन भएसंगै मुलुकको अवस्था जर्जर बन्दै गईरहेको बताएका छन् ।यहि हिसाबले मुलुकको अवस्था जर्जर बन्दै जाने हो भने मुलुक अन्धकारको खाडलमा धकेलिन पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । सो कुरा पूर्वमन्त्री भण्डारीले सोमबार ऋषिङ गाउँपालिकाको झाँपुटारमा आयोजित कार्यक्रममा बताएका हुन् । त्यसक्रममा पूर्वमन्त्री भण्डारीले नेकपा निर्वाचित जनप्रतिनिधीहरुले स्थानीयको आवश्यकतालाई भन्दा कार्यकर्तालाई सुविधा पुग्ने हिसाबले विकास निर्माणका योजनाहरु अगाडि बढाएको बताएका थिए ।त्यस्तै नेपाली काग्रेसको पालामा सुरु भएको तनहुँ हाइड्रो नेकपाले सुरु गरेको भनेर ढ्वाङ पिट्दै हिड्नु लज्जाजनक विषय भएको समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।

तत्कालिन समयमा तत्कालिन एमाले र हालको नेकपाका कारण झण्डै तनहुँ हाइड्रो गईसकेको थियो हामीहरुले बचाएका हौं पूर्वमन्त्री भण्डारीले भने । त्यस्तै आफू वनमन्त्री हुँदा निर्णय गरेको भानुभक्त प्राणी उद्यान हटाउन समेत ठूलो चलखेल भईरहेको सूचना आफूले पाएको र यस विषयमा हालका वनमन्त्रीको ध्यानाकर्षण गराएको पूर्वमन्त्री भण्डारीले बताए । ऋषिङ गाउँपालिका वडा नं १ का संयोजक प्रितम थापाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति एवं संविधान सभा सदस्य धु्रव वाग्ले , नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने , कार्यवाहक सभापति जीतप्रकाश आले , संविधान सभा सदस्य झुलबहादुर आले , जिल्ला सचिव विश्व वास्तोला , काग्रेस नेता मिनकृष्ण महर्जन , ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , नेपाल महिला संघ तनहुँका सभापति पवित्रा पौडेल, सुनकोशी गाउँपिलका वडा नं ६ का वडा अध्यक्ष रामकुमार थापा , ऋषिङ गाउँपालिका वडा नं १ का वडा श्रीबहादुर आले र दानबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।सोही अवसरमा पदम थापा र साजन थापाको नेतृत्वमा ७० जना नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।यसैगरी सोमबार नै व्यास ६ सिसाघाटमा समेत कुमेश कुमालको नेतृत्वमा २० जना नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।नवप्रवेशीहरुलाई के।स।भण्डारीले साधारण सदस्य प्रदान गरेका थिए । स्रोत सेतिमादी अँनलाईन