राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन

९ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ ।बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय बमोजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

संशोधित कार्यविधि अनुसार कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा पाइनेछ । यो ऋण उद्योग सञ्चालनका लागि नै प्रयोग गर्नपर्ने छ ।यदि, अन्य प्रयोजनका लागि उक्त रकम प्रयोग भएमा साँवा रकममा १५ प्रतिशतसम्म ब्याज असुल गर्ने केन्द्रीय बैंकले जनाएको छ । यस प्रकारको कर्जाका लागि धितो आवश्यक हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया