उपनिर्वाचनलाई लक्षित गरी बाँकेमा नमूना मतदान

९ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
25 Shares


बाँके/ यही मङ्सिर १४ गते हुने स्थानीय उपनिर्वाचनका क्रममा बाँकेको कोहलपुर नगरपालिका–६ मा आज नमूना मतदान गरिएको छ ।नमूना मतदानमा खसेको कुल ७० मतमध्ये तीन मत बदर भएको छ । नमूना मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए ।स्थानीय तहको उपनिर्वाचनका क्रममा मत बदर सङ्ख्या कम गर्ने उद्देश्यले गरिएको नमूना मतदानमा तीन मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिए ।

नमूना मतदानका क्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र आचारसंहिता बारे पनि सहभागीलाई जानकारी गराइएको थियो । नेपाल युवा संस्था सञ्जाल आयोन तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतनाकार्यक्रमअन्तर्गत उपनिर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखीकरण तथा नमूना मतदान गरिएको जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन बर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया