१०८ जोडीको विवाह एउटै मण्डपमा

१० मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
46 Shares


जनकपुर/यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ ।माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताए ।

उनले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताइएको छ ।प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…