पछाडी परेका समुदायको उत्थान र विकासका निम्ति काँग्रेसले जित्नु पर्छ :नेता गगन थापा

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी-नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता गगन कुमार थापाले अहिलेको सरकारले देशलाई ढुक्क हुने अवस्थामा राख्न नसकेको आरोप लगाएका छन् ।नेपाली काँग्रेस बडिगाड २ ले दनियामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।साथै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले हालको सरकारले अहिले केही डरलाग्दा संकेतहरु देखाएको र ती संकेतहरुलाई अहिले नै नरोके देशमा डरैडर हुने बताए ।हालको सरकारले धेरै अनुकुलता पाउँदा पनि दुइ बर्षको अवधिमा केही गर्न नसकेको थापाको भनाइ छ । ‘न त शान्ती प्रक्रियाको चिन्ता छ, न त संविधान बनाउने चिन्ता छ न त चुनाव बनाउने चिन्ता छ’ थापाले भने ‘सबै काम सकिएको यस्तो अवस्था आउँदा पनि कम्युनिष्ट सरकारले केही गर्न नसकेको आरोप लगाए ।

उनले हाल प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका प्रतिवद्धता पुरा गर्ने काम छोडेर प्रतिवद्धताको बारेमा जनताले सोधेको खण्डमा जनतालाई नै खिसी गर्ने गरेको बताए ।उनले काँग्रेसले बढाएको ढुकुीटीबाट अहिलेको सरकारले राज गरेको बताउँदै काँग्रेसले ढुकुटी बढाउन जानेको तर कम्युनिष्टले ढुकुटी घटाउने र खर्च गर्ने काम मात्र जानेको बताए ।त्यस्तै सीमा विवादको बिषयमा बोल्दै थापाले भारतले आफ्नो नक्सामा नेपालका भूभाग राखेको बिषयमा सरकारले एक शब्द पनि बोल्न नसकेको बताउदै बरु काँग्रेसले सरकारलाई पूर्ण रुपमा साथ दिने बताएको खण्डमा पनि सरकारले केही गर्न नसकेको बताए ।

उनले कम्युनिष्ट पार्टीले आफुहरु गरीवको पार्टी भन्ने तर देशलाई गरीव मात्रै गराउने बताउँदै आफ्नो पार्टी सुखीहरुको पार्टी भएको र देश तथा जनतालाई पनि सुखी बनाउने बताए ।साथै उनले बर्षै देखी पछि परेको राना समुदायको उत्थानको निम्ती काँग्रेसले हाल बडिगाड दुइमा डिल बहादुर रानालाइ वडाध्यक्ष पदको उम्मेद्वार बनाएको भन्दै उनले राना समुहदायलाइ आएको यो अवसर नछुटाउन आग्ह गरे । उनले अहिले पनि राना समुदायले यो अवसर गुमाए भने उनीहरु झन पछि पर्ने बताए ।सोही चुनावी आमसभामा बोल्दै उम्मेद्वार डिल बहादुर रानाले बर्षै देखी पछि पारेको समुदायको उत्थान गर्ने गरी काँग्रेसले आफुलाई उम्मेद्वार बनाएको भन्दै पछि परेका हरेक समुदायको उत्थानको निम्ति आफुले काम गर्ने बताए ।सोही अवसरमा नेपाली काँग्रेस बागलुङ्ग जिल्ला सदस्य गण्डकी थापा, जिल्ला सदस्य फम बहादुर खत्री, नेपाल विद्यार्थी संघ पुर्व केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस मुसिकोट नगर सचिव मोहन घिमिरेले लगायतले मन्तव्य राखेका थिए ।काँग्रेस दगातुम्डाडा गाँउकार्य समितिका सभापति सुवेदार सत्न बहादुर क्षेत्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस बडिगाड गाँउपालिकाका सभापति अर्जुन खरेलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सह­सचिव रन बहादुर भुजेलले गरेका थिए ।