सिड्नी काण्ड : आमा प्रहरी खोरमा पर्दा छोरीको बिचल्ली

प्रकाशित मिति:

सिड्नी – सुन्दर सपना देखेर विदेश गएका एक नेपालीको मृत्यु भएको छ । एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धा’रिलो हति’यार प्रयोग गरेर ह’त्या गरेकी हुन् । मृतकको परिचय सन्तोष गौतमको रुपमा गरिएको छ । प्रहरीले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहि’रो चो’ट लागेको अवस्थामा भेटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

जानकारी अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सा’स फेरेका थिँए । ३४ वर्षे नुमा गौतमलाई श्रीमानको ह’त्याको आरोप लगाइएको छ । नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा च’क्कुले प्र’हार गरेको देखिएको छ । उनको अत्यधिक र’क्तश्रावका कारण मृत्यु भएको हो । नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्रान्डभिल प्रहरी चौकी लगिएको छ । घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देख्न सकिन्छ । परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको खुलाएका छन् । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तामा थिँए । स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ । डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए ।