हेर्नुहोस् आजको सुनचाँदीको मुल्य ?

१० मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । अघिल्लो दिनको तुलनामा आज सुनमा प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसको मतलब हिजोको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ ।

मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनमा प्रतितोला ४ सय रुपैयाँ घटेर कारोबार हुँदा उपभोक्ताले अलिअलि भए पनि राहत पाएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । यस्तै अघिल्लो दिन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज (मंगलबार) ७० हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । ५ रुपैयाँ प्रतितोला घटेको चाँदीको भाउ आज प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन (सोमबार) प्रतितोला ८ सय ५५ रुपैयाँमा चाँदीको खरिद-बिक्री भएको थियो । सुनचाँदीको भाउ थोरै घटे पनि कारोबार राम्रै हुन सक्ने व्यवसायीहरुको आकलन छ । बिहेको लगनको मुखैमा सुनचाँदीको भाउ अलिअलि भए पनि घट्दा उपभोक्तालाई केही राहत हुनु स्वभाविक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया