त्रिचन्द्रमा विद्यार्थीले कुटे आफ्नै गुरु : कुटाईबाट गम्भीर घाइते

प्रकाशित मिति:

काठमाडौं –  सुन्दर भविष्य देखाउने शिक्षकलाई विद्यार्थीले पिटे भन्ने समाचार विरलै मात्रामा पाइन्छ । तर केही राजनीतिक आस्था भएका विद्यार्थी संगठनहरुले देखाएको दादागिरी भने अर्कै छ । क्याम्पस प्रमुखलाई कुटपिट गरि घाइते बनाएको विरोधमा काठमाडौंको त्रिचन्द्र क्याम्पस आज बन्द भएको छ । घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द हुनुका साथै कलेजमा सञ्चालन भइरहेको प्रयोगात्मक परीक्षा पनि आज एक दिन नहुने जानकारी दिइएको छ ।

सोमबार (हिजो) त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेर घाइते बनाएका थिए ।उहाँको ट्रमा सेण्टरमा उपचार भइरहेको छ । विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ नेकपा निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघका कार्यकर्ताले न्यौपानेलाई कुटपिट गरेका थिए । न्यौपानेमाथि आक्रमण गर्ने २ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।