कपिलवस्तुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु  – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देश भरी आजदेखि शुरु भएको छ । “समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूलनाराका साथ कपिलवस्तुमा पनि औपचारिक कार्यक्रम गरी रयाली निकाली अभियानको शुरुवात गरेका छन । यहाँका अधिकांश स्थानीय तहले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता सहित औपचारिक कार्यक्रम गरेर अभियानको शुभारम्भ गरे । व्यक्तिको सोच परिवर्तन नहुँदासम्म हिंसा नियन्त्रणमा समस्या रहेकाले पहिलो प्राथमिकता सचेतनामूलक कार्यक्रमलाई दिइएको छ । “समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूल नारा सहित जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएकाले यस वर्षको नारा बलात्कारलाई केन्द्रित बनाइको हो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ जिल्ला समन्वय समिति, कपिलवस्तुको आयोजना तथा एन जि वो फिडरेशन अफ नेपाल, कपिलवस्तुको समन्वय तथा श्री चन्द्र घण्टा दुर्गा मन्दिर आमा समुह, सशस्त्र प्रहारी बल, जिल्ला ट्राफिक प्रहारी, महुरी होम, समुदाय—प्रहारी साझेदारी, कपिलवस्तु , जिल्ला प्रहारी कार्यालय कपिलवस्तु लगायत विभिन्न संघ संस्थाहरुको कार्यक्रममा सहकार्य रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समान्वय समितिका अध्यक्ष नरायण खनालले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य (बिधयाक) दिर्घ नरायण पाण्डेय, अतिथिमा एनजिवो फिडरेशन अफ नेपाल, कपिलवस्तुका अध्यक्ष प्रबिण श्रीवास्तव बिभिन्न संघ संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । त्यस्तै गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा पनि दिप प्रज्वलन गरि भब्य रुपमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ ।

समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल, पि.आर.सि नेपाल, साना हात, नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको कार्यक्रममा सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर भण्डारीको प्रमुख आतिथ्यमा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो भने कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका कार्यलय प्रमुख पुन्य गौतम, उधोग बाणिज्य संघका अध्यक्ष, लाइन्स क्लबका अध्यक्ष दिनेश चन्द्र गुप्त, राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफी, प्रदेश नं ५ मदरसा संघका उपाध्यक्ष मौलाना मसूद खां नेपाली विभिन्न संघ सस्थाको उपस्थिति रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रम आफन्त नेपालका जिल्ला सयोजक केसर बिश्वकर्माले सन्चालन गरेका थिए । कार्यक्रममा पि.आर.सि का सयोजक भुमिराज भट्टराईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा राजश्व कार्यलयका प्रमुखलगायत विभिन्न ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न सयोजक केसर बिश्वकर्माले आग्रह समेत गरे ।