रमेश वि.क , गुल्मी । गुल्मीका एक पीडित बालकलाई पर्वत सेवा समाज इजरायलले आर्थिक सहयोग उपलब्ध गराएका छन । पर्वत सेवा समाज इजरायलका संयोजक दिपिका भुसालको संयोजकत्वमा सङ्कलन भएको रकम रु. ४६,०००/- गुल्मी जिल्ला ईस्मा गाउँपालिका ४ निवासी ४ बर्षिय बालक उमेश कुमालको उपचार लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी मार्फत हस्तान्तरण गरिएको छ । केही समय अघि पकाईराखेको दालमा घरको माथिल्लो तल्लाबाट खसि घाइते भएका बालकको उपचारको लागि सो रकम सङ्कलन गरिएको जानकारी केन्द्रिय सदस्य भण्डारीले जानकारी दिनुभयो । लोकतान्त्रवादी पत्रकारहरु छाता संगठन नेपाल प्रेस युनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको अवसरमा प्रेस युनियनका निबर्तमानका अध्यक्ष हरिकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो । सहयोग हस्तान्तरण गर्दै नेता भण्डारीले संक्षिप्त प्रतिक्रिया दिद बिदेशमा बस्ने नेपालीले नेपालमा संकट पर्दा र अशाहयहरुलाई सहयोग गर्नुपर्दा आफ्ना हात फैलाएका छ्न । नेपालमा बस्नेहरुमा पनि यस्तै सहयोगको भावना वृद्धि होस भन्ने कामना गर्दै दिपिका भुसाल र सहयोग सङ्कलन कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभएपछि त्यहाँका स्वास्थ्यकर्मीहरुले सहयोग सङ्कलन गरि थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाएका थिए । बालकको उपचारको लागि अन्य स्थानबाट पनि सहयोग सङ्कल भइरहेको जनाइएको छ ।