“म बुहारी रहर भन्दा जिम्मेवारी ठूलो”

१० मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
27 Shares


धनसरा माझकोटी – गाउँमा जन्मिएकि म धेरै पढन पाइन उमेर बढदै गयो अनि बिहेका कुरा पनि चल्न थाले गाउका मान्छेको सोच नै यहि थियो छोरी मान्छे धेरै पढनुहुदैन बेलैमा घरबार जोडिहाल्नु पर्छ नत्र पछि पछुतो हुन्छ। मैले मनमनै सोचे हुन पनि हो अहिले बिहे गरीन भने पछि कल्ले बिहे गर्ला र उमेर गएपछि यहि साघुरो सोचले बिहे गर्न राजि भए । मंसिरको ५ गते बिहेको साइत निस्क्यो त्यो ५ गतेको दिनविवाहको मौसम थियो त्यतिबेला विवाह, भोज र भतेरका लागि मान्छे उत्साही थिए, तर म भने एकातिर खुसि थिए भने अर्को तिर दुखि थिए। किन कि म कसैकि बुहारी बन्दै थिए बुहारी बन्न त्यति सजिलो थिएन नया घर,नया परिवार,नया परिवेशमा म जादै थिए ।

म पनि कसैको छोरी थिए,कसैकी दिदी थिए कसैकी बहिनी थिए एक चिम्टि सिन्दुरले म त्यो दिनबाट कसैको श्रिमति कसैको बुहारी भए ।
त्यसमाथि परिवारले मबाट खोजेको निपुर्णताको परीक्षा मैले एकै पटक पास गर्नु पर्ने थियो नयाँ घर, नयाँ परिवेश र नयाँ सम्बन्धहरुलाई आत्मसाथ गर्ने अवसरै नदिई मेरोे मूल्यांकन शुरु हुदै थियो । घर परिवार मात्र होइन, मेरोे परीक्षक बनेर बसेका थिए नन्द, आमाजू, ठूलीआमा सानीआमा, मेरा स्वामीनाथहरु, छरछिमेक र परिवारसँग जोडिएका ईस्टमित्रहरु । बिहेको केहि वर्ष हासिखुसि रमाइलो सँग बिताए त्यहि खुसिले होला मेरो मन चंगा झै उडिरहेको थियो थियो कि मैले स्वर्ग जस्तै घर पाए भगवान जस्तै श्रीमान सासु ससुरा पाए तर त्यो खुसि मेरो जीवनमा धेरै दिन टिक्न सकेन ।

जिन्दगीले एक्कासि अर्कै मोड लिन पुग्यो? हरेक दिन मलाई गर्ने व्यबहारमा परिर्वतन पाउन थाले न कोहि म सँग बोल्थे न त कोहि नजिक नै पर्थे मलाइ थाहा थिएन मबाट के गल्ति भयो मैले उहाहरुको किन मन दुखाए सबै परिवार म बाट टाढा बन्दै छ। सोध्न मन लाग्थ्यो म बाट के गल्ति भयो मैले के भुल गरेर तपाई हरु मलाइ देखि सहनुहुन्न तर विबश थिए । म कसरी मेरो मनमा उब्जिएका लाखौ प्रश्न जस्लाइ सुनाउन खोजेको थिए उसैले नै सुन्न नचाहेपछि । बिहे पछि पढन नि पाइन घरकै चुलो चौकेमा सिमित भयो मेरो जिन्दगी।अरु केहि जागिर गरु भने पनि योग्यता थिएन अनि घरको काम बाहेक केहि काम गर्ने अबसर पनि पाइन ।

तर थाहा थिएन कि छोरी र बुहारिमा यति फरक हुन्छ मेरो समाजमा । म पनि त एऊटा छोरी नै हु तर यहाँ बिहे गरेर अर्काको घरमा गएको छोरिलाइ किन बुहारी भन्नेर छुट्याइन्छ । बुहारिले नै सबै काम गर्नुपर्छ भन्ने सङ्किर्ण सोच भएको मेरो समाज अनि मेरो घरमा पनि कहाँ राम्रो सोचाई हुन्थ्यो र कि बुहारी पनि छोरी नै हुन भन्ने । माइतिमा छदा त्यति काम नगरेकि म सबै काम यति छिटै कहा गर्न सक्थे र तर पनि मैले रातदिन नभनि काम गरेकै थिए।बिस्तारै सबैकुरा सिक्दै थिए। उनिहरुलाइ म भन्दा काम प्यारो थियो अनि मैले घरपरिवारको माया पाउनु एउटा सपना देख्नु मात्रै थियो मेरो लागि । कहिले सोचेनन ढुंगाको मन हुने ले’ कि उस्को पनि शरिर हाम्रो जस्तै हो उस्को पनि त मन छ दुख्छ भनेर ” सोचुन पनि कसरी उनिहरुलाई म होइन मेरो काम प्यारो थियो ।

जन्म घरमा हुदा बिहान ढिला उठ्ने मेरो बानी स्कुल बिदाको दिन पढ्न नपरेको दिन ९ बजेसम्म मजैसँग सुत्ने म कति सुतेकी उठ् भन्दै आमाले गाली गर्दा पनि सहजै सुुतिदिने म . तर के मेरो घर आएर त्यही सहजता म बुहारि ले कहा पाउथे र कति बिहान मलाई सन्चो थिएन होला कति बिहान मलाई ऊठन अल्छी लाग्यो होला तर म बिहान भालेको डाको सङ्गै ऊठनु पर्ने,के मलाई अल्छी लाग्दैन होला के मलाई कहिले विसन्चो हुदैन होला के मलाई आराम गर्न मन लाग्दैन होला, भन्न त मन थियो काम गर्ने मान्छे ल्याको कि भनेर. तर, भनिनँ तेरो लेक्चर सुरु नगर भन्ने वचन मैले धेरै खाइसकेको थिए । भान्साको काम देखि लिएर घर बाहिरको हरेक काम मैले गर्नुपर्ने, काम गरेर थाकेको शरीर भोक लागेको हुन्छ खानलाई पकाएको खाना पाक्ने बितिकै खान नपाईने सबै परिवार जम्मा भए पछि सबैले खाईसके पछि मेरो पालो आऊने आखिर जस्लाई भोक लाग्यो ऊस्सैले पहिला खाना खादा पनि हुन्थ्यो नि तर बुहारी भए जतिसुकै भोक किन नलागोस सबै परिवार ले खाए पछि अनि म बुहारिको पालो आऊने । मलाई पनि त साथिभाई सङ्ग रमाईलो गर्न मन लाग्दो हो,साथी सङ्गगि सङ्ग भेट हुने भनेको त कि माइतै गएसी कि त संयोग ले मात्रै रहेछ ।

केटी साथी सङ्ग भेट्दा त हेर हेर यो फलाना कि बुहारी यसरी बिनाकामै गफ गरेर बसेकी भनेर नानाथरी भन्न भ्याऊने मेरो समाज झन केटा साथी सङ्ग भेट्यो भने के भन्दो हो । कतै बजार तिर आफ्नो नजिकको छिमेकी वा अलि टाढा कोहि भाइ सङ्ग कुरा गरेको देख्यो भने म भन्दा छिटो यो खबर पुग्छ कि फलानो बुहारी को केटा सङ्ग बजार तिर मस्किराको थिइ । साच्चै बुहारिलाई कसै सङ्ग बोल्न बाट बन्चित गराऊने यहि समाज छ। मलाई पनि रमाऊन मन लाग्दो हो यो सब मलाई सुहाऊदैन रे बुहारी भएर यसरी बरालिएर हिड्ने यो कस्ति घर कि बुहारी हो भनेर नानाथरी कुरा काट्ने मेरो समाज को अगाडि म कसरी रमाऊन सक्छु । सपना र अपना (आफ्नो मान्छे घर अनि आफुको सम्झौतापछि मात्र केटी बुहारी बन्न सक्छे. जहाँ सम्झौता भनेको लगभग हार नै हो. चाहेको पाउन नसक्नु लाई मायामा त्यागको ट्याग लाग्छ होला. तर बिहेमा आजकाल माया कहाँ हुन्छ र ? हारेको शरीरमा हार लगाउनु नै विवाह हो. हारपछिको प्यारमा संसार कहाँ हुन्छ र ?

सानै ऊमेरमा बिहे गरेकी म सासू ससुराकी असल बुहारी बन्न नसक्नु मेरो नै कमजोरी थियो कि ऊहाहरुले मलाई बुझ्न सक्नु भएन । पढ्दा पढ्दै बिहे गरेकी मैले बिहेपछी पढ्ने अबसर पाईन सधै चुलो चौको मै सिमित भए रहर त मेरा पनि कति थिए , कति मिठा सपना सजाएकी थिए तर मेरा अधुरा सपना पूरा कहिले पनि पुरा भएनन। पछुतो लाग्छ कहिले काहि सङ्गै पढेका साथिहरु पाइन्ट सुट लगाएर रमाऊदै कलेज गएको देख्दा । मैले पनि घरमा म पढ्छु भन्दा मुटु नै बिझाऊने गरि गाली खानु पर्थ्यो त बुहारी होस छोरी होइनस यसरी कलेज जानेसतेरो दिन अब सकियो त घरको बाहेक अरु तिर ध्यान दिने होइन यो वचन सुनेपछी मेरो बोली नै बन्द हुन्थ्यो म केही बोल्न नसकेपछी कोठामा बसेर एक्लै रुने गर्थे बन्द कोठामा र आफै सङ्ग प्रश्न गर्थे आफैले ऊत्तर दिने गर्थे

छोरी र बुहारी दुवै फुुल नै हुन. फरक यत्ति छ, छोरी बगैंचामा फुल्छे र बुहारी गमलामा । के गमलामा जरा सीमित गर्नु हार हैन ? फैलिने स्वतन्त्रता नपाएको गमलाको त्यो फुल हारेको हैन र ? रहर इच्छा अनि सपना मारेर, नयाँ सुरुवातका लागि कन्भिन्स गरिरहँदा, परिवारले किन सोच्दैन मैले बुहारीलाई घरको काममा सिमित किन बनाएँ चाहेको पाउन नसक्नु लाई मायामा त्यागको ट्याग लाग्छ होला.तर बुहारीलाइ घरमा आजकाल माया कहाँ हुदो रहेछ र ?हारेको शरीरमा हार लगाउनु नै विवाह हो. हारपछिको प्यारमा संसार कहाँ हुन्छ र ?

मेरो रहर भन्दा जिम्मेवारी ठुलो थियो त्यस घरमा। बेलैमा बिहे गरेर घरबार बसाउनुपर्छ भन्ने हरेक म जस्तै छोरिको मानसिकताका कारण आज म जस्तै अन्य बुहारीले ले जिन्दगीभरि पनि आफ्नो व्यवहार मिलाउन सकिरहेका छैनन। हतारको निर्णयले आज म जस्तै अन्य बुहारी चुलो चौकोमै सिमित हुनपर्यो त्यसैले बिहे जिन्दगीमा एकपटक मात्रै गरीन्छ सोचेर बुझेर र सबैकुरामा परिपक्क भएपछि मात्रै बिहे गरौ जिन्दगी सुखमय हुन्छ ।

                                 यो लेख काल्पनिक हो यदि कसैको जिवनमा मेल खान गएमा संयोग मात्रै हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया