नेपाल पर्यटनवर्षको शुभारम्भ दशरथ रङ्गशालाबाट

प्रकाशित मिति:

मङ्सिर  – सरकारले नेपाल पर्यटनवर्षको शुभारम्भ दशरथ रङ्गशालाबाट गर्ने भएको छ । भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको हो । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रमको उद्घाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने पनि निधो भएको छ । यसैगरी उक्त कार्यक्रममा ४० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई समेत अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी गरिएको छ । कार्यक्रममा विभिन्न देशका मेयरलाई पनि अतिथिका रूपमा निम्तो दिइने भएको छ । यसैगरी प्रदेश र स्थानीय तहमा पनि औपचारिक उद्घाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ ।

भ्रमण वर्षका अवसरमा नेपाल भित्रिने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागत गर्ने निर्णय पनि समितिले गरेको छ । खासगरी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकलाई हात्ती प्रयोग गरेर स्वागत गर्ने योजना बनाइएको छ । समितिको बैठकले भ्रमण वर्षको तयारी स्वरूप केही योजनाहरूमा पनि निर्णय गरेको छ । बैठकले विदेश जाने नेपालीलाई प्रचारप्रसार सामग्री वितरण गर्ने, नेपालभित्र उत्पादन हुने वस्तु र सार्वजनिक यातायातमा भ्रमण वर्षको लोगो प्रयोग गर्ने, सार्वजनिक स्थलमा पुराताìिवक महìव नबिग्रने गरी ‘लाइटिङ’ गर्ने निर्णय गरेको छ । भ्रमण वर्षसँग सम्बन्धित गीत तयार गर्ने, नेपाल भित्रिने जहाजमा नेपालबारे जानकारी दिने अडियो प्रस्तुत गर्ने, बाह्रै महिना सरसफाइ कार्यक्रम चलाउने, सम्भव भए विश्वकै अग्लो बुर्ज खालिफा टावरमा भ्रमण वर्षको प्रस्तुति राख्ने योजना पनि तयार भएको छ । त्यस्तै विदेशका औपचारिक कार्यक्रममा सरकारको तर्फबाट जाँदा अनिवार्य रूपमा कोसेली लिएर जानुपर्ने निर्णय पनि समितिले गरेको छ ।