प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ : डा. सायमी , भिजिटरलाई भेट्न दिँदैनौं

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै राखिने भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचारमा डा. अरूण सायमी नेतृत्वको टोली खटिएको छ । “एपेन्डिक्सको अपरेशन गरिएको हो,” उनले पत्रकारहरुसँग केहीबेरअघि कुरा गर्दै भने, “प्रधानमन्त्रीको सफल उपचार हुँदैछ ।

उहाँ अझै केही दिन अस्पतालमै बस्नुहुनेछ । हाम्रो चाहना पनि प्रधानमन्त्री भित्रि मनदेखि तयार भएपछि जानुहुन्छ । हामीले २–३ दिन भिजिटरलाई भेट्न दिँदैनौं ।” प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक सायमीका अनुसार प्रधानमन्त्री खतरामुक्त छन् । प्रधानमन्त्रीलाई अहिले आईसीयूमा राखिएको डा. सायमीले बताए ।