समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज नेकपामा प्रवेश

प्रकाशित मिति:

दाङ – समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। दाङको हापुरेमा आयोजना गरिएको विशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन। प्रदेश-५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्‍चार्ज शंकर पोख्रेलले पार्टी प्रवेश गराएका हुन।

नेकपामा प्रवेश गर्दै शेर्पाइलीले समाजवादी क्रान्ति ल्याउन नेकपाको झण्डा बोकेको बताए। नेकपाले दाङको हापुरेमा बिशाल चुनावी आम सभा गरेको छ। नेपाली कांग्रेसले श्रीगाउँमा चुनावी सभा गरेको भोलिपल्ट नेकपाले हापुरेमा चुनावी सभा गरेको हो। सभालाई सम्बोधन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, नेकपाका प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्ती लगायतका केन्द्रीय नेताहरुको सहभागीता रहेको छ।