सुर्यपुरामा निशुल्क सिपमुलक तालिम सुरु

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – रुपन्देहीको गैडहवा सुर्यपुरामा निशुल्क सिपमुलक सिलाइ कटाइ तालिम सुरु भएको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्था सुर्यपुरा शाखाले आफ्ना ग्राहक सदस्यहरुका लागि दुई महिने सिपमुलक तालिम सुरु गरेको हो । तालिमको मंगलबार सुर्यपुरामा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी गैडहवा गाउँपालिकाका उपाध्यक्ष सुभावती यादवले उद्घाटन गर्नुभयो ।तालिममा २० जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै संस्थाकी शाखा प्रमुख नारायणी थापाले लघुवित्तमा आवद्ध सदस्यहरुलाइ आत्मनिर्भर बनाइ जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।कार्यक्रम को संचालन शिला जिशिले गर्नुभयो भने स्वागत मैना कुंवरले गर्नुभएको ।