मिस्टर नेपालमा चार जना छानेट

प्रकाशित मिति:

बुटवल/ मिस्टर नेपाल अर्थात पुरुष सौन्र्दय प्रतियोगिता २०१९ को लागि बुटवलबाट चारजना युवा छनोट भएका छन् । तिलोत्तमाको डाइभरटोलस्थित टुलिप होटेलमा मंगलबार भएको अडिसनमा १० जना मध्येबाट चारजना छनोट भएका हुन् । छनोट हुनेहरुमा अनिल पौडेल,इन्द्र न्यौपाने, आशिष थापा र गगन पौडेल रहेका छन् । उनीहरु चारैजना बुटवलका हुन् । युवाहरुको प्रतिभा र क्षमतालाई प्रष्फुटन गर्दै अन्तराष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोे आयोजक एक्सपोज नेपालले जनाएको छ ।

हरेक बर्ष आयोजना हुँदै आएको यो प्रतियोगिताको अडिसन यसपटक कैलालीको धनगढीबाट सुरु भएको थियो । बुटवल अडिसनको व्यवस्थापन प्रो सोल स्याकर्स प्रालिले गरेको थियो । देशका अन्य शहरमा हुने अडिसनबाट छनोट हुनेहरुबीच काठमाडौंमा ग्राण्ड फाइनल हुने छ ।