प्राविधिक शिक्षा संञ्चालनको लागी धार्मिक महोत्सव संचालन हुने

प्रकाशित मिति:

सुर्खेत/सुर्खेतको लेकबेशी नगरपालिका १ लेखफर्सामा प्राविधिक शिक्षा संञ्चालनको लागी धार्मिक महोत्सव हुने भएको छ।विधालयमा भेटेनरी र कम्युटर ईन्जिनियर संञ्चालनको लागी यही मंसिर १४ देखी २० गतेसम्म लेखफर्सा शैक्षिक धार्मिक महोत्सव गर्न लागिएको हो।वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजक मुल समितिले धार्मिक महोत्सव गर्न लागेको जनाएको छ।महोत्सव मुल आयोजक समितिका संयोजक मोहन थापाले शैक्षिक प्राविधिक शिक्षालय स्थापनाका लागि रकम अभाव भएकाले सहयोग संकलनका गर्नको लागि महायज्ञको आयोजना गरिएको बताउनुभयो।

साता व्यापीरुपमा सञ्चालन हुने महायज्ञमा संकलन भएको रकमबाट विधालयमा अक्षयकोष स्थापना गरेर विधार्थिहरुको पठनपाठनमा खर्च गरिने छ।
आर्दश माध्यमिक विधालयको आयोजनामा हुने महायज्ञको लागि १ हजार ८ जनाको समिति गठन गरिएको छ।सातदिन सम्म सञ्चालन हुने महोत्सवको लागत खर्च १५ लाख लाग्ने अनुमान गरिएको छ भने महोत्सवमा करिव २ करोड रुपैया संकलन हुने अपेक्षा राखिएको राखिएको छ।प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले लेखफर्सामा प्राविधिक कक्षाहरु सञ्चालन गर्न महायज्ञ संञ्चालन गर्नुपरेको संयोजक थापाले बताउनुभयो।महोत्सवमा कथावाचक पण्डित वन्धुराज खनालले प्रवचन दिने कार्यक्रम तय भएको छ भने अन्य कलाकारहरुको पनि विभिन्न प्रस्तुति रहने भएको छ।कार्यक्रममा लोक तथा दोहोरी गायक प्रजापती पराजुली,पशुपती शर्मा हास्यकलाकार सुरविर पन्डित,कलाकार कुलमान नेपाली लगायतको सहभागीता रहने भएको छमहोत्वमा दैनिक १० देखी ४ बजे सम्म कथा प्रवचन,साँझ ६ देखी ९ बजे सम्म भजनकिर्तन तथा झाँकी प्रदर्शन गरिने भएको छ।ग्रामिण क्षेत्रका विधालयहरुमा आर्थिक अभाव धेरै हुनेभएकाले नै पहिलो पटक महायज्ञ संञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।महायज्ञको सुर्खेत क्षेत्रनम्बर १ का प्रतिनिधि सभाका सदस्य धुर्वकुमार शाहीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।