शहिद नारायण पोखरेल रामापुर क्याम्पसद्वारा दोश्रो जर्नल प्रकाशन

१० मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सैनामैना – रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले मंगलबार दोश्रो जर्नल प्रकाशन गरेको छ। क्यापसका प्राध्यापक , कर्मचारीले लेखेका १० वटा अनुसन्धानमुलक लेख समेटिएको जर्नल प्रकाशनमा आएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरि जर्नलको बिमोचन गरिएको हो । प्रदेश ५ का प्रदेशसभाका सदस्यद्धय भूमिश्वर ढकाल र फखरुद्धिन खाँले संयुक्त रुपमा जर्नलको बिमोचन गरेका हुन ।नेकपाका प्रमुख सचेतक समेत रहका ढकालले क्यापसका प्रध्यापकले अनुसन्धान गर्दै कक्षा कोठामा अध्यापन गराउँनु पर्ने बताए । विश्व अनुदान आयोग ( क्विएए) प्राप्तीको लागि अगि बढेको यस क्याम्पसले आधुनिक तरिका अपनाएर विद्यार्थीलाई शिक्षा दिनु पर्नेमा जोड दिए ।क्यापसको विकासको लागि केन्द्र , प्रदेश र स्थानीय सरकार मिलेर लाग्नु पर्ने ढकालले बताए । प्रध्यापकले राम्रोसँग पढाउन नसके विद्यार्थीले राम्रो अंक प्राप्त गर्न नसक्ने बताउँदै उनले प्रध्यापकले अनुसन्धानलाई जोड दिएर कक्षा कोठा भित्र प्रवेश गर्नु पर्ने बताए । अर्का सांसद फकरुद्धिन खाँले लुम्बिनीको मुख्य प्रवेशद्धारा सैनामैना भएकाले यस क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए ।

भैरहवामा गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रमा लगानी भित्रने र आवश्यक पर्ने दक्ष जनशक्ति यँहाका क्याम्पस विद्यालयले उत्पादन गर्नु पर्नेमा जोड दिए । पुर्व क्याम्पस प्रमुख दिनेश पन्थीले अनुसन्धानमा आधारित रहेर जर्नल प्रकाशन गरेको जानकारी दिए । क्याम्पस प्रमुख यदुलाल पन्थले गुणस्तरिय शिक्षाको लागि प्रध्यापकले अनुसन्धान गर्दै अध्यापन गर्नु पर्ने बताए ।उनले क्विएए मान्यता प्राप्तको लागि अगि बढेको शहिद नारायण पोखरेले क्याम्पसका प्राध्यापकहरुले अनुसन्धानमा आधारित भएर जर्नल प्रकाशन गर्दै जाने बताए । क्याम्पसका अध्यक्ष डिल्लीराज ज्ञवालीले क्यापसले क्विएए प्राप्त गर्नको लागि सैनामैनाका समुदायको सहयोग मिलेको बताउँदै तिनै तहको सरकाबाट सहयोग समेत मिलेको दाबी गरे ।क्विएए प्राप्तीका लागि क्यापसले गरेको कार्यप्रगती बारेमा जानकारी लिनको लागि अनुदान आयोगको टोलीले मंसिर १६ देखि २० गतेसम्म अनुगमन गर्ने क्यामपसका क्विएए कार्यक्रम संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,