शुल्क फिर्ता गर्न नसक्ने मेडिकल कलेजहरुको अडान

१० मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं – निजी मेडिकल कलेजहरुले एमबीबीएसका विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान लिएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेटेर एमबीबीएसका विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान लिएका हुन् ।विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम सकिएसँगै मेडिकल कलेजहरुले उक्त शुल्क फिर्ता गर्न नसक्ने अडान लिएका हुन् ।मंगलबार मात्रै शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने भन्दै शिक्षामन्त्री पोखरेललाई पत्र बुझाएका हुन् ।

मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीहरुलाई भर्ना गरिसकेपछि मात्रै सरकारले नयाँ शुल्क निर्धारण गरेको र गत आर्थिक वर्षमा विद्यार्थीहरुले तिरेका शुल्कबाटै सरकारलाई ट्याक्स, मेडिकल काउन्सिल र विश्वविद्यालयलाई शुल्क तिरिसकेकाले सो अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने जिकिर गरेका हुन् ।सरकारले निर्धारण गरेको नयाँ शुल्क अनुसार एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार शैक्षिक शुल्क तोकेको छ, भने उपत्यकाबाहिर ४२ लाख ५० हजार तोकेको छ ।तर, मेडिकल कलेजहरुले आफूखुसी विद्यार्थीहरुबाट लाखौं अतिरिक्त शुल्क उठाएपछि कलेजका विद्यार्थीहरु अहिले आन्दोलनरत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया