सुरक्षा ब्यवस्थालाई ध्यानमा राखि सरावल १ बासाबसही चोक लगाएतका आसपास सिसि क्यामरा जडान 

प्रकाशित मिति:

रामु भुषाल,नवलपरासी पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर १ मा मंगलबार ६ वटा सिसि क्यामरा जडान गरिएको छ । सरावल गाउपालिकाको आर्थिक सहयोगमा सरावल वडा नम्बर १ स्थित बासाबसही चोकमा ४ वटा र बासाबसही प्रहरी परिसरमा २ वटा गरि ६ वटा सिसि क्यामरा जडान गरिएको हो । केही दिन अगाडी सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरी, उपाधयक्ष उत्तमा राय, वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरी, २ का वडाध्यक्ष शम्भु चौधरी, ३ का वडाध्यक्ष अणेन्द्र नाथ राय लगाएत जनप्रतिनिधिहरु र बासाबसही प्रहरी चौकीका प्रहरी बीच सम्पन्न भएको छलफलमा जनप्रतिनिधिहरुले बासाबसही चोकको शान्ति सुरक्षामा प्रहरीको चुनौती बारे राखेको जिज्ञासामा बासाबासही प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लिल बहादुर विकले जानकारी गराउनुभएको थियो ।

तत्पश्चात सरावल गाउपालिकाले ६ वटा सिसि क्यामरा जडान गरेको र अझै केही सिसि क्यामरा जडान कार्य बाकी रहेको सरावल गाउपालिकाकी उपाधयक्ष उत्तमा रायले जानकारी दिनुभएको छ । पुर्व पश्चिम राजमार्गमा अहिलेको समयमा सवारी साधनको चाप अत्यधिक बढेको र बढ्दो सहरीकरणले गर्दा चोरी पैठारी बढेको भन्ने गुनासो आइरहदा राजमार्ग आसपासका क्षेत्रमा सिसि क्यामरा जडान कार्य थालिएको हो । साथै यस अगावै बर्दघाट, सुनवल र परासीका मुख्य चोक र चौाहामा सिसि क्यामरा जडान गरिसकिएको र सिसि क्यामरा जडान गरिएका क्षेत्रमा रातिको समयमा हुने अबैद्ध गतिविधि तथा चोरी निकासीका घटनाहरु साथ साथै सवारी दुर्घटना गराई फरार हुन खोज्ने सावरीहरुलाई नियन्त्रणमा लिन सहजता भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हिम बहादुर केसीले जानकारी दिनुभएको छ ।