बागी ३’ को शूटिङका क्रममा टाइगर श्राफलाई लाग्यो चोट

प्रकाशित मिति:

मुम्बई / बलिउड अभिनेता टाइगर श्राफका लागि यो वर्ष फलिफापको वर्ष भएको छ । उनको फिल्म ‘वार’ ले बक्स अफिसमा रेकर्ड तोडेको थियो ।यतिबेला टाइगर फिल्म ‘बागी ३’ को शूटिङमा व्यस्त छन् । उनलाई यो फिल्ममा पनि एक्सन अवतारमा देख्न सकिनेछ ।टाइगरलाई फिल्मको शूटिङका दौरान चोट लागेको छ । यो खबर टाइगर आफैले दिएका छन् । टाइगरले आफू घाइते भएको तस्वीर शेयर गरेर फ्यानलाई यसबारेमा जानकारी दिएका हुन् ।टाइगरले तस्वीर शेयर गर्दै लेखेका छन् – ब्याटलफिल्डमा सामान्य कट्स र चोटको पहिलो सेट । आशा छ, यही नै अन्तिम हुनेछ । जबसम्म मैले नुहाउने छैन, त्यतिबेलासम्म यो देखिने छैन ।

उनको पोस्टमा फ्यानले कमेन्ट गरेका छन् । फ्यानले टाइगरलाई आफ्नो ख्याल गर्नसमेत अनुरोध गरेका छन् । टाइगरको सिक्स प्याक बडीका कारण पुरुष फ्यान पनि उत्तिकै छन् ।टाइगरको हिट फिल्म ‘बागी’ सन २०१६ मा रिलिज भएको थियो । यो फिल्मपछि टाइगर श्राफको खुबै चर्चा भएको थियो । त्यसपछि सन् २०१८ मा यसको दोस्रो भाग रिलिज भएको थियो ।एक्सन थ्रीलर ‘बागी ३’ लाई अहमद खानले निर्देशन गरिरहेका छन् । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । यो फिल्म सन् २०१२ मा प्रदर्शनमा आएको तमिल फिल्म ‘बेट्टाई’ को रिमेक हो ।