नयाँ घर सर्न र नयाँ काम गर्न बुधबार रोज्नुहोस्

प्रकाशित मिति:

एजेन्सी /भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् ।तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो । ‘बुध‘ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो ।

बुधबारको दिन विशेष गरी विथाल देव कृष्णको अवतार को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ ।कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।