राजदुतले स्वीडेनबासी नेपालीहरुसँग गरेको पहिलो पटकको साक्षात्कार

प्रकाशित मिति:

राज कुमार पाठक

स्वीडेन । गैर आवासीय नेपाली संघ स्वीडेनले १४  सेप्टेम्बर २०१८ का नेपाली  राजदुताबासको कार्यालय डेनमार्कबाट राजदुत महामहिम युबनाथ लम्साल, उपनियोग प्रमुख डोरनाथ अर्यालका साथै महामहिमको धर्मपत्नी हीरा लम्साललाई स्वागत गरेको छ।

गैरआवासीय नेपाली संघ, स्वीडेनले १४ सेप्टेम्बर २०१८ का दिन नेपाली राजदुताबासको कार्यालय डेनमार्कबाट आएका राजदुत लम्साल, उपनियोग प्रमुख अर्यालका साथै राजदुत लम्साल पत्नी लम्साललाई स्वागत गरेको हो।

प्रवासमा बस्दा नेपालीहरुले भोगेका समस्याहरु, नेपाल सरकारले नेपालीका लागि चाल्नु पर्ने कदमका साथै प्रवासमा बस्ने नेपालीहरुले राजदुतबासबाट के के कुराको सहयोगको अपेक्षा गर्ने अनि राजदुताबासले प्रवासीहरुबाट के कुराको अपेक्षा गर्न चाहन्छ सोको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।

 

स्वीडेनको राजधानी स्टकहोलमको Kista träff मा आयोजना गरिएको कार्यक्रममा एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा श्रेष्ठले अथितिहरूलाई खाँदा ओडाएर स्वागत र सम्मान गरेका थिए। संघका सचिब राजकुमार पाठकले संचालन गरेको कार्यक्रममा उपस्थित प्रवासीहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए।

नविन थपालिया, चिरन्जीवी खरेल, केशव प्याकुरेल, लक्ष्मी भण्डारी, शैलेश उपाध्याय, महेश केसी, साथै  संथाका उपाघ्यक्ष टेक रोक्का, महासचिब दिनेश श्रेष्ठ, सचिव राज कुमार पाठक लगायतले ,राखेका आ-आफ्ना जिज्ञासाहरुलाई लम्साल र उपनियोग प्रमुख अर्यालबाट अत्यन्तै सरल शैलीमा व्याख्या गरी जिज्ञासु कर्ताका कौतुहलतालाई पुरा गरिदिएका थिए।

अन्तर्कृया कार्यक्रममा प्रवासमा बस्दा नेपालीहरुले भोगेका समस्याहरु पासपोर्ट समस्या, आप्रबासी समस्या, विद्यार्थीहरुको समस्या, घरेलु कामदारहरुको (Au pair) समस्या, दोहोरो नागरिकता, नेपाली मुलका बिदेशी नागरिकले नेपालमा हुने÷पाउने अधिकार तथा नेपालमा भएका आफ्ना सम्पत्तिका संरक्षण, नेपाल राजदुताबासले प्रवासमा प्रवासी नेपालीको हकहितका लागि चाल्नु पर्ने कदम, स्वीडेन सरकारसँग कुटनैतिक सम्बन्ध बढाइ स्वीडेनबाट पाउने सक्ने प्रत्यक्ष लाभ उपभोग गर्नुपर्ने सम्बन्धिमा जोड दिनुपर्ने, स्वीडेनमा नेपालका लागि पर्यटन प्रबर्धनमा राजदुताबासले खेल्नुपर्ने भूमिका तथा आवश्यक सहयोगको सम्बन्धमा तथा स्वीडेन स्थित जनरल कन्सुलेटको नेपालीप्रतिको भूमिका तथा कर्तब्यको बारेमा जिज्ञासा राख्नुका साथै जनरल कन्सुलेट प्रति स्वीडेनवासी नेपाली समुदाय असन्तुष्ट रहेको जानकारी गराउने जस्ता कुराहरुमा बृहत् छलफल गर्‍यो।

 

गैर अवासीय नेपाली संघ स्वीडेनको निमन्त्रणा अनि पहलमा स्वीडेन बस्ने नेपाली समुदायको इतिहासमा औपचारिक रुपमा राजदुताबासबाट राजदुतले स्वीडेनबासी नेपालीहरुसँग गरेको पहिलो पटकको साक्षात्कार अन्तरकृयामा सम्पुर्ण स्वीडेनबासी नेपालीहरु हर्षित हुनुको साथै नेपाली राजदुतबासबाट भएको आगमनमा सहयोगको आशा पलाएको अनुभब गरे।

साथै गैर आवासीय नेपाली संघ स्वीडेनले  स्वीडेनबासी नेपालीहरुको हकहित लागि डेनमार्क स्थित राजदुतबाससँग गरेको पहलको महामहिम राजदूतले खुलेर प्रशंसा गरेका थिए। आउँदा दिनहरुमा गैर आवसीय नेपाली संघ स्वीडेनसँग स्वीडेनबासी नेपालीहरुको हकहितका लागि सहकार्य गर्ने कुरा समेत महामहिम राजदुत लम्सालले प्रष्ट पारेका थिए।

कार्यक्रममा उपस्थित सम्पूर्णमा सँघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उपस्थितिको लागि धन्यबाद तथा आभार प्रकट गरेका थिए भने
कार्यक्रमको अन्तमा राजदुत लम्साललाई अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गरिएको थियो र सामुहिक फोटो खिचि कार्यक्रम समापन भएको थियो।

dc nepal bata sabhar