डब्लु आइसीसीले जुटायो, ८ लाख बढिको आर्थिक सहयोग

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी गुल्मीको वामीमा डब्लु आइसीसी wiccअन्र्तराष्ट्रिय सम्र्पक समितिले खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम र गाँउको मन्दिर निर्माणका लागि ८ लाख भन्दा बढि आर्थिक सहयोग जुटाएको छ ।हाल रोजगारीको शिलशिलामा बिश्वभर छरिएर रहेका साविकको वामी गाविस वडा नं. ९का वामीबासीहरुले आउँदो मंसिर २४ देखि २६ गतेसम्म सञ्चालन हुन गइरहेको खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको लागि ८ लाख भन्दा बढि आर्थिक सहयोग संकलन भएको संस्थाका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।

खेलकुद र साँस्कृतिक कार्यक्रम मार्फत संकलित बचत रकमले मुसिकोट नगरपालिका ७ वामी माईका थान मन्दिर निर्माण कार्यमा रकम सहयोग गरिने संस्थापक अध्यक्ष थापाले जानकारी दिए ।साथै मुसिकोट नगरपालिका ७ साविकको वामी गाविस वडा नं. ९का वामीवासीहरु हाल रोजगारीको शिलशिलामा बिश्वभर छरिएर आफ्नो जन्मभूमि र गाँउ ठाँउको विकासमा पु¥याएको सहयोग प्रशंसनीय रहेको आयोजकले सबै आर्थिक सहयोगीहरुलाई धन्यवाद दिएको छ ।