सफल हुने एकमात्र तरिका छ: महान् वैज्ञानिक थोमस

११ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
16 Shares


विजुलीको बल्वका आविष्कारक तथा महान् वैज्ञानिक थोमस अल्वा एडिसनले भनेका छन् “हाम्रो सबैभन्दा ठूलो कमजोरी हो हार मान्नु ।उनका अनुसार सफल हुने एकमात्र तरिका छ, त्यो हो ”एक पल्ट फेरि प्रयास गर्नु ।”यिनै महान् वैज्ञानिकको स्कूल जीवन, स्कूलले लेखेको चिठ्ठी र त्यसले थोमस र उनकी आमालाई रुवाएको विषय संसारभर निकै चर्चा हुने गरेको छ ।थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा अमेरिकाको ओहायो शहरमा भएको थियो । उनलाई सानोमा सबैले मन्दबुद्धि भन्ने गर्दथे । शिक्षकले कक्षामा पढाउँदा उनी ध्यान दिँदैनथे रआफ्नै  संसारमा हराइरहन्थे ।एकदिनको कुरा हो उनी स्कुलबाट घर आए र आमालाई एउटा चिट्ठी दिँदै भने – ‘आमा, यो चिट्ठी टिचरले हजुरका लागि पठाउनुभएको हो ।आमाले तुरुन्तै चिट्ठी पढिन् । चिट्ठी पढिसकेर उनी रुन थालिन् ।आमा रोएको देखेर एडिसनले सोधे –‘आमा, चिट्ठीमा त्यस्तो के लेखेको छ ? हजुर त रुन पो थाल्नुभयो ।’आमाले आँशु पुछ्दै भनिन्, ‘चिट्ठीमा लेखेको छ “तपाईंको छोरा अत्यन्तै बुद्धिमान् र प्रतिभाशाली छ । हाम्रो स्कुल तल्लो लेवलको हो र टिचरहरु पनि त्यति राम्रा छैनन् । त्यसैले हामी तपाईंको छोरालाई पढाउन सक्तैनौं । अब आफ्नो छोरालाई तपाईं आफैं पढाउनुस् ।” आफ्नो बयान सुनेर एडिसन धेरै खुशी भए ।

उनलाई आमाले घरमै पढाउन थालिन् । भनिन्छ नि, ‘हरेक सफल व्यक्तिको पछाडि एउटी महिलाको हात हुन्छ । एडिसनका लागि ती महिला अरु कोही होइन, उनैकी आमा थिइन् ।धेरै वर्षपछि उनकी आमाको निधन भयो । त्यसवेला सम्ममा विभिन्न किसिमका आविष्कारहरु गरेर एडिसन प्रख्यात वैज्ञानिक बनिसकेका थिए । एकपल्ट उनले केही खोज्ने क्रममा घरमा भएको दराजको एउटा कुनामा त्यो पुरानो चिट्ठी भेटे र उत्साहित हुँदै पढ्न थाले । चिट्ठी पढिसकेपछि उनी धेरै वेर रोइरहे । शिक्षकले उनकी आमालाई लेखेको त्यो चिट्ठीमा त्यस्तो के लेखेको रहेछ र उनी रोएका रैछन् त ?त्यो चिट्ठीमा लेखिएको थियो –‘तपाईंको बच्चा मन्दबुद्धिको छ । उसलाई अबदेखि स्कुल नपठाउनुस् । ऊ हाम्रो स्कुलमा पढ्ने लायकको छैन ।एडिसनले रुँदै आफ्नो डायरी निकाले र लेखे–‘एक महान् आमाले मन्दबुद्धि बच्चालाई शताब्दीकै महान् बैज्ञानिक बनाइ दिइन् ।’त साथी, आमाले आफ्नो मनमा भरिदिएको आत्मविश्वासका कारण एडिसनलाई केही गरेर देखाउन सक्छु भन्ने अठोट जाग्यो । फलस्वरुप, हजारौं असफल प्रयोग पश्चात पनि हरेश नखाइकन बल्वको आविष्कार गरेर यो संसारलाई उज्यालो पार्ने काम गरे । त्यस बाहेक उनले टेलिग्राम, चलचित्र, माइक्रोफोन लगायत एकहजार भन्दा बढि आविष्कार गरे ।सन् १९३१ म जब उनको मृत्यु भयो, सो दिन पूरै अमेरिका भरी उनको सम्मानमा बत्ती निभाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया