प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

प्रकाशित मिति:

काठमाडौँ /एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर छ ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार बिहान शल्यक्रिया गरिएको ओलीको सघन कक्षमा उपचार भइरहेको छ ।सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली स्वास्थ्य लाभका लागि केही दिन अस्पतालमै रहने जानकारी दिए ।

प्रधानमन्त्री ओलीको उपचारमा व्यवस्थापकीय पक्ष मिलाउन निर्देशक श्रेष्ठ खटिएका छन् ।उपचारका लागि डा. अरुण सायमीको नेतृत्वमा प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. रमेशसिंह भण्डारीलगायत विज्ञ चिकित्सक संलग्न छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।