सुखका लागि आफ्नो कर्मलाई ध्यान दिनु जरुरी छ: चाणक्य सूत्र

११ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
93 Shares


मनिसले जीवनमा सुखदुःख आफ्नै कारणले भोग्छन् । सुखका लागि आफ्नो कर्मलाई ध्यान दिनु जरुरी छ । यसबारे आर्चाय चाणक्य सूूत्रमा बताइएको छ।मूर्खसंग कहिल्यै विवाद नगर्नु – ऊसँग विवाद गर्दा आफैलाई नोक्सानी हुन्छ । मूर्खबाट समझदार कुरा आउन सक्दैन ।आफ्नो कमजोरी कसैलाई नभन्नु – कोहीसंग पनि आफ्नो कुरा वा नराम्रो बानी भन्नु हुँदैन । तपाईको त्यही कमजोरीलाई कुरा गदै हिड्छन् ।पतनको लागि एउटै दोष काफी – जति राम्रा र प्रतिष्ठित काम गरे पनि यो समाज तपाइको एउटै गल्तीलाई पर्खिरहेको हुन्छ ।आफ्नो

आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नु – धन कमाउन जति गाहा्रे हुन्छ त्यहीं सम्झेर कम खर्च गर्नुपर्छ ।धन कमाउनभन्दा बचाउनु ठूलो कुरा हो ।बदनामीबाट टाढा रहनु – चाणक्य भन्छन् ‘अपमानित भएर बाँच्नु भन्दा मर्नु बेश हुन्छ ’ ।आलस्यलाई त्याग्नु – जति पनि आज मानिस सफल भएका छन अल्छीपन त्यागेर नै भएका छन् त्यसैले आलस्य आजै त्यागौ ।जे सुने त्यसमा विश्वास नगर्ने – आफ्नो निजी कुरा अरुलाई सकेसम्म नभन्ने कुरा पनि नसुन्ने वर्तमानमा खुसी हुनु –भनिन्छ भविष्य अन्योल छ भुत गइसक्यो तेसैले वर्तमानमा रमाउने बानी गर्नु पर्छ ।नराम्रो आचरण भएकासँग टाढा रहनु – मानिस सधै आफन्तहरुबाट नै दुखी भइरहन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया