प्रेस युनियन रुपन्देहीको अधिवेशन वुधवार , जीपि कोईराला स्मृती पत्रकारिता पुरस्कार पाण्डेलाई

१ आश्विन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
49 Shares


बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको आठौं अधिवेशन तथा साधारण सभा पर्सी बुटवलमा हुँदैछ । अधिवेशनको अवसरमा युनियन रुपन्देहीले स्थापना गरेको ‘जीपि कोईराला स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार छवीलाल पाण्डेलाई सम्मान गर्ने तयारी गरिएको छ । पुरस्कार छनौट समितिले गरेको सिफारिसका आधारमा युनियन कार्य समितिको बैठकले युनियनका पूर्व अध्यक्ष समेत रहनु भएका पाण्डेलाई सम्मान गर्ने निर्णय गरेको हो । पत्रकार पाण्डे २०५० सालदेखि चौतारी दैनिक हुँदै गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।
लोकतन्त्र, प्रेस स्वतन्त्रताका पक्षमा लामो समयदेखि आवाज बुलन्द गर्दै आएका पत्रकारलाई सम्मान गर्ने गरी स्थापना गरिएको पुरस्कारको राशी २५ हजार १ सय १ रुपैंया सहित सम्मान पत्र रहेको युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपालले जानकारी दिनुभयो ।
सोही अवसरमा सञ्चार माध्यममा कार्यरत प्राबिधिक क्षेत्रबाट रेडियो मुक्तिमा कार्यरत सीता पौडेललाई प्रशंसा पत्र सहित सम्मान गरिने छ । अधिवेशनकै अवसरमा युनियन रुपन्देहीले जिल्लाबाट केन्द्र तथा क्षेत्र र अञ्चलमा प्रतिनीधित्व गरिसकेका अग्रजगहरुलाई समेत सम्मान गर्ने भएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसी, युनियनका केन्द्रीय सभापति बद्रि सिग्देल, केन्द्रीय प्रतिनीधि हरिष भट्ट लगायतलका नेताहरु सहभागि हुने युनियन रुपन्देहीका सभापति बिक्रम खड्काले बताउनु भयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वलाई सर्वसम्मत बनाउने प्रयासका लागि सल्लाहकार हरि लम्सालको संयोजकत्वमा समिति बनाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया