टोटनह्यामले नकआउटचरणामा स्थान पक्का गर्‍यो

११ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
17 Shares


एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनह्याम नकआउटचरण प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटनह्यामले नकआउटचरणामा स्थान पक्का गर्‍यो। खेलमा २–० ले पछिरहेको अवस्थामा आकर्षक पुनरागमन गर्दै टोटनह्यामले ४ गोल गरेको थियो। प्रशिक्षक जोसे माउरिन्होले घरेलु मैदानमा पहिलो जित आत्मसात् गर्दा उनलाई सुरुवाती चुनौति भने निकै मुस्किल रहेको थियो। खेलमा अग्रता पाहुना टोलीले छैटौ मिनेटमा अल अरबीको गोलबाट लिएको थियो। १९ औं मिनेटमा बोर्गेस सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई अप्रत्यासित २–० को अग्रता दिलाए।

प्रशिक्षक माउरिन्होले तत्काल इरिक डायरको स्थानमा क्रिस्टियन इरिक्सनलाई मैदान पठाएका थिए। तर, डेली अलीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। ५० औं मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए। सर्ज औरिएरले ७३ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए। केनले ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गर्दे टिमलाई समूह बीको दोस्रो स्थानमा १० अंकका साथमा नकआउटचरणमा पुर्‍याउन सफल भए। ओलम्पियाकोस १ अंकसहित तालिकाको पुछारमा रह्यो। समूहमा शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले यसअघिनै नकआउट चरणमा स्थान बनाइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया