आज मार्गशीर्ष शुक्लप्रतिपदा पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर ११ गते

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको ११ गते बुधबार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको प्रतिपदा तिथि राति ७।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् ।

अनुराधा नक्षत्र बिहान ९।३८ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र किस्तुघ्न करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३५ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् । आजबाट मार्गशीर्ष शुक्लपक्षको आरम्भ भएको छ । शुक्लपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ । सूर्य र चन्द्रमाको शून्य देखि १८० डिग्री सम्मको अन्तरसम्म शुक्लपक्ष रहन्छ । आजबाट गढीमाई मेला पनि प्रारम्भ भएको छ ।