आज बजारमा यस्तो छ सुन-चाँदीको भाउ हेर्नुहोस् !

प्रकाशित मिति:

काठमाडौं – आज (बुधबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आइतबार र सोमबार तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।