उपनिर्वाचनको मौन अवधि आजबाट, दलहरु अन्तिम प्रचारमा व्यस्त

प्रकाशित मिति:

काठमाडौं – १४ मंसिरको उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातिबाट सुरु हुँदै छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन । त्यसैले उम्मेदवारहरु आज अन्तिम प्रचारमा व्यस्त छन् । उम्मेदवारहरुले घरदैलो, जनसभा लगायतका कार्यक्रम गर्दै आएका छन् ।

बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यहाँ २२ जनाको उम्मेदवारी परेको छ । यसैगरी प्रदेशसभाका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमशः १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनले सरकार फेरबदलमा असर नगर्ने भए पनि राजनीतिक दलहरुले प्रतिष्ठाको रुपमा लिएका छन् ।