लामो आयु बाँच्न यी हुन् अमूल्य गुण

प्रकाशित मिति:

व्यक्तिमा हुने शील स्वभाव, विनम्रता र प्रशन्नताले उसको आयु बढ्ने वैज्ञानिकहरुले तर्क गरेका छन् । अमेरिकी युएलसिए बडारी कार्यशालाका प्रमुख डानियल फेसलेर भन्ने गर्छन– ‘हामीले वैज्ञानिक तर्क गरेका हौं । मानिस समाजमा बाँच्न सिक्छ । मानिसको भावनात्मक, जैविक र सामाजिक अन्तरक्रियाका बारेमा कुरा गरेका हौं । मानिस जतिकै इखालु भए पनि उ विनम्र नभै हुँदैन । उसमा माया दया चाहिन्छ । मानिसले समाजका पात्रलाई कसरी हेर्छ ? अरुलाई निष्ठा तथा आदर गर्नुपर्ने उसको शालिनता नै हो ।’ मानिसले समाजमा दयावान व्यक्तिहरु नभएको महसुश गर्न सक्छ । विश्वमा विभिन्न सम्प्रदायका मानिसवीच विभिन्न राजनैतिक धारणाबीच आपसी द्वन्द हुन्छ । तर मानिसको बिचार, अनुभूति र विश्वास सधैं रहिरन्छ । मानिसको विश्वास र कल्याण अरु मानिसको व्यवहारबाट प्रष्ट हुने कुरा हो । सामाजिक सञ्जालले मानिसको आचरण सुधार्न गहन भूमिका खेलेको हुन्छ ।

डानियल फेसलेर भन्छन्– ‘मानिसको शील स्वभाव अरुको बारेमा खुल्दैन । उ आक्रामक हुन्छ र मानव कल्याणको बारेमा कहिलेकाहीँ एकोहोरो हुन्छ ।’ एक अध्ययनमा भनिएको छ, समाजसेवी जेनिफर र म्याथ्यु हेरिसले बडारी संस्था करिब २० करोड अमेरिकी डलरमा स्थापित गरेका हुन् । यसले आमजनसमुदाय र उनीहरुले चुनेका जनप्रतिनिधिहरुलाई समाजप्रति उत्तरदायी बनाउँछ । म्याथ्यु हेरिस आफ्नो छोटो शब्दमा भन्छन्– ‘एकाइसौं शताब्दिमा मानिस दयालु बन्नै पर्छ । मानिस विनम्र बन्नु विज्ञान र अध्यात्मिकताको मिलनविन्दु हो ।’

के हो वडारी कार्यशाला ? मानवशास्त्रका विद्यार्थीले मानिसमा दया परीक्षण गर्ने शाखा, समाजशास्त्रका विद्यार्थीले रिसाहा मानिसलाई दयालु कसरी बनाउने भनि परीक्षण गर्ने शाखा, मनोविज्ञानका विद्यार्थीले मानिसको मष्तिस्कको मुड परीक्षण गर्ने शाखा र नैराश्यता कसरी हटाउने भनि रिसर्च गर्ने कार्याशाला छन् यो वडारी कार्यशाला अन्तर्गत ।

फेसलर भन्छन्– ‘मानिसमा वितृष्णा हुनसक्छन् । उनीहरु समस्याहरुसँग जुझ्न सक्दैनन् । मानिसले आफूलाई पायक पर्ने मनोरञ्जनका साधन अपनाउनु उचित हुन्छ । आफूलाई मन नपर्ने मानिसबाट टाढा भाग्नु राम्रो हुन्छ । मानिस जो आफू माथि दया र सहानुभूति राख्छ उसको छत्रछाँयामा बाँच्ता मानिसलाई फाइदा पुग्छ । मानिस थोरै चिया पिएरमात्र पनि हाँस्न सक्छ । मानिस सधैं खुशी रहेमा उसको उच्च रक्तचाप, नैरास्य र चिन्ताहरु टाढा भाग्छन् ।’

कार्यशालाको नवीन सन्देश कोलम्बिया विश्वविद्यालयका चिकित्सक केली हार्डिङ्गले एउटा र्याबिट इफेक्ट भन्ने आफूले लेखेको किताबको प्रसङ्ग कोट्याएकी छिन् । उनी भन्छिन्– ‘मानिसको चिन्ता र अवसाद हराएमा उसको प्रतिरक्षा क्षमता बढ्छ । मानिसमा हुने रक्तचाप जस्ता रोग हराउँछ । मानिस लामो समयसम्म जिउँछ अर्थात् अल्पायुमै उसको मृत्यु हुँदैन ।’ उनी थप भन्छिन्– ‘मैले खरायोको जीवनशैली हेर्न १९७० बाट शुरु गरेकी हुँ । एक कुशल खरायो पालकले राम्रो हेरचाह गरेमा उसको स्वास्थ्य राम्रो बनेको पाएँ । यसको सन्देश के हो भने दयाको लागि मानिसले संसारमा भएका बिषयवस्तु परीक्षण गर्नुप¥यो । घुम्नुप¥यो त्यसपछि मानिसमा दयाको भाव आफैं पलाउनेछ अनि फक्रिँदै जानेछ । मानिस घरमा परिवारसँग, विद्यालयमा साथीहरु र शिक्षकसँग घुलमिल हुनसक्छन् । मानिसलाई प्रविधिले पनि साथ दिएकै छ । मनिसको शारीरिक र मानसिक स्वास्थ्य दुवै राम्रो हुनुप¥यो ।’

मानिस कसरी खुशी रहने ? अरुको कुरा बढ्ता सुन्ने बानी बसाल्नु पर्छ । जो अर्काको अपहेलना गर्छ, वास्ता गर्दैन, माया गर्दैन वा चाहँदैन,उ बाट स्वतः टाढिनु पर्छ । के गर्ने, अरुसँग कसरी हिमचिम बढाउने भन्ने बारेमा मानिसले सोच्नुपर्ने कुरा हो । ‘म आफैं दयालु छुइन आफैं कठोर छु’ डार्नियल हन्ट युसिएलए सामाजिक विज्ञानका प्रमुख भन्छन्– ‘राजनीतिबाट वाक्कदिक्क भएका, समाजमा हिंसात्मक द्वन्द र कलह मच्चाउनेलाई संस्था औषधी भएको छ । यो विशुध्द शैक्षिक कार्य हो । नयाँ परिस्थितिमा बाँच्नु, नयाँ कुरा पत्ता लगाउनु मानवीय गुण हो । खासगरी राजनैतिक द्वन्द मानिसको अक्ष्यम्य शत्रु हो, यद्यपि मानिसमा दयाको भाव चाहिन्छ ।’ मानिसहरु के गर्छन् ? उनीहरुवीचको भिन्नता पहिचान गर्नु संस्थाको प्रमुख कार्य हो । यसको अध्ययन आफ्नो समूहको ऐतिहासिक सफलता भएको ती प्रमुख भन्छन्– ‘लसएन्जलस जस्तो ठाउँमा टकराव त हुन्छ नै तर समाजमा रहेको विविधता पहिल्यायौं भने हाम्रो संस्था विश्वको लागि नै एक जैविक उदाहरण बन्न सक्छ ।’