नेपाल हज समितिका अध्यक्ष हाजी सम्मशेर मियाँ , मक्कामा मृत्यु भएका हाजी नसरुल्ला अन्सारीको घरमा

प्रकाशित मिति:

इमरान खान/बाँके –  नेपाल हज समितिका अध्यक्ष हाजी सम्मशेर मियाँ, सदस्य हाजी नजिबुल्ला अन्सारी, मेराज अहमद हल्वाइको टोलीले हजको क्रममा बिरामी भई उपचारका क्रममा मक्कामा मृत्यु भएका बाँके रनियापुर निवासी हाजी नसरुल्ला अन्सारी को घर रनियापुरमा पुगि परिवार सग भेटघाट गर्नुका साथै सम्बेदना प्रकट गर्नु भएको थियो । मृतक हाजीको हवाई टिकट बापतको रकम प्रक्रिया पुरा गरि लिन सुझाव दिनु भएको थियो । यस्तै आज नै नेपालगञ्ज स्थित रहेको फैजाने मदिना दाउते इस्लामीका धर्मगुरुहरु संग समेत छलफल गर्नु भएको थियो ।

दावते इस्लामी का मोहम्मद सरिफ सैयदले इस्लामी तरिकाले सम्मान गर्नु भएको थियो । सम्मान पश्चात सामुहिक दुआ समेत गरिएको थियो । केन्द्रीय मोहरम पर्व तथा कर्बला संरक्षण समिति का अध्यक्ष फिरोज हल्वाइले समेत अध्यक्ष मियाँलाई सम्मान गर्नु भएको थियो । सन २०१९ को हजयात्रामा नेपाली हाजी हरूको लागि थप कोटा बढाउन तथा हाजी हरूलाई सहज तरिकाले हज गराउन सफल भएको कारण आज नेपालगंजमा नेपाल हज समिति का अध्यक्ष समशेर मियाँ हज समिति का वरिष्ठ सदस्य नजबुल्लाह अंसारी हज समिति का वरिष्ठ सदस्य मेराज अहमद हिमालय लाई नेपालगंज बांके का विभिन्न धार्मिक सामाजिक संघस्था हरूको तरफÞ बाट भव्य स्वागत सम्मान गरिएको छ ।