प्रचण्डलाई विश्‍वप्रकाशको प्रश्‍न : ७० का केपी प्रधानमन्त्री हुने, खेमराज सांसद बन्‍न किन नमिल्ने?

प्रकाशित मिति:

पोखरा – पोखरामा भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका उम्मेदवारप्रति गरेको टिप्पणीमाथि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्। बुधबार पोखरामा प्रचण्डले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई देवघाटतिर जाने उमेरमा चुनाव लडेको आरोप लगाएका थिए। उनले भनेका थिए, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा दिनुपर्छ भनेकाहरूले विचरा ७७ वर्षको बूढालाई अघि सारेका छन्,’ उनले भने, ‘जो अब देवघाटतिर जानुपर्ने बेलाका छन्। त्यहाँ गएर ध्यान र ज्ञान सिक्न पर्ने मान्छेलाई आफू अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्‍न मिल्छ त?’

प्रचण्डको यस्तो भनाईलाई कांग्रेसका प्रवक्ता शर्माले खण्डन गरेका हुन्। उनले ट्विट गर्दै प्रचण्डको उचाइ र उमेरले यस्तो बोल्नु शोभनीय नभएको तर्क गरे। उनले ट्विटमा लेखेका छन्, ‘देवघाट पठाउने उमेरमा सांसद? प्रचण्डले आज पोखरामा भन्‍नु’भो। कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो? ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्‍न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले चाहिँ सांसद हुन किन नमिल्ने?’ देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नू´भो l कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने,७० कै हाराहारीका केपि कमरेड प्रधानमन्त्री बन्न मिल्ने,अनि

त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?