बुटवलमा एक हप्ते भाषणकला तालिम

प्रकाशित मिति:

सबलपोस्ट /बुटवल – बुटवलमा भएको एक हप्ते नेतृत्व विकास तथा भाषण कला (उद्घोषण) तालिम बुधबार सकिएको छ । क्रिष्टिना टे«निङ्ग इन्ष्टिच्यूटले गृहणी, ब्यूटिसियन तथा विद्यार्थी महिलाका लागि दिएको तालिममा रुपन्देहीका विभिन्न स्थानका दुई दर्जन महिलाहरुको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाल ब्यूटिसियन संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शान्ति शर्माले महिलाहरुको दक्षता र क्षमता विकासका लागि तालिम महत्वपुर्ण भएको बताउनुभयो । उहाँले तालिमका सहभागि महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका कुरा ब्यवहारमा लागुगर्न आग्रह गर्नुभयो । उहाँले भाषण कला तालिमले महिलाको नेतृत्व विकासमा महत्वपुर्ण भुमिका खेल्ने भएकाले समयसमयमा हुने तालिममा सहभागिताका लागि अनुरोध समेत गर्नुभयो ।

इन्ष्टिच्यूटका प्रवनध निर्देशक सुनिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ब्यूटिसियन संघ रुपन्देहीका उपाध्यक्ष अनिता केसि, इन्ष्टिच्यूटका प्रशिक्षक सृजना पौडेल, सहभागि सृजना अर्याल, शारदा खरेल, ज्ञानु पौडेल, मनिषा गौतम लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । इन्ष्टिच्यूटका प्रशिक्षक भगवति श्रेष्ठको संचालनमा भएको कार्यक्रममा पब्लिक स्पिकर झविन्द्र देवकोटाले उद्घोषण, भाषण कला तथा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण दिनु भएको थियो । एक हप्ते तालिममा उत्कृष्ट भएका मनिषा गौतम, सृजना अर्याल र भगवति श्रेष्ठलाई पुरस्कृत समेत गरिएको थियो ।