निर्धन उत्थानद्धारा ३ दिने गाई तथा भैसीपालन तालिम

प्रकाशित मिति:

कञ्चन – निर्धन उत्थान लघुबित्त बित्तिय संस्था,लिमिटेड हरैया शाखा कञ्चन,रुपन्देहीको आयोजनामा गाई तथा भैसी पालन सम्बन्धी ३ दिने ब्यबसायिक तालिम आज देखि संचालन भएको छ । तालिमको उद्धघाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिपन्न परिवारलाई आफ्नो घरखर्च संचालन गर्न र जिवीकोपार्जन गर्न सक्ने बनाउन गाउपालिकाले बिभिन्न ब्यबसायिक तालिमहरु संचालन गर्दै आएको बताउदै तालिममा सिकेका कुराई ब्यबहारमा लागु गर्न सकेमा मात्र तालिमको अर्थ हुने बताउनु भएको छ । निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,क्षेत्रिय कार्यलय भैरहवाका प्रबन्धक शम्भु न्यौपानेले लघुबित्त संस्थाबाट जुन उद्धेश्यका साथ कर्जा लिइएको हो सोही प्रयोजनमा लगानी गर्न सके कुनै पनि सदस्यले कर्जा तिर्नै नसक्ने बाताबरण नहुने बताउनु भएको छ ।

लघुबित्तहरुले बिना धितो उपलब्ध गराएको कर्जालाई सदुपयोग गर्नेहरुले बिपन्नबाट सम्पन्न जिबनमा अवतरण गरेको बताउदै ऋण तिर्नको लागि लघुकर्जा लिनेहरुले कर्जा सदुपयोग गर्न सकेको अवस्थामा मात्र आर्थिक अवस्था सुधार गर्न सकिने बताउनु भयो । निर्धन उत्थान लघुबित्त बित्तिय संस्था निर्धनहरुका लागि नजिकको सारथी बनिरहेको र नियमित रुपमा एउटै बित्त संस्थाबाट नियमित कारोबार गर्दै आएका सदस्यहरुले ब्यबसायिक रुपमा प्रगति गरेको समेत बताउनु भएको छ ।

लघुबित्तको क्षेत्रमा बिपन्न परिवारलाई आर्थिक रुपमा सबल बनाउने उद्धेश्यका साथ बिना धितो महिला समूहमा सामुहिक लगानी गर्दै आएको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था,लिमिटेड हरैया शाखा कञ्चन,रुपन्देहीले आफ्ना सदस्यहरुको आय आर्जनमा बृद्धि गरी सदस्यले लिएको कर्जा तिर्न सक्ने बनाउने उद्धेश्यका साथ उनिहरुलाई ब्यबसायिक गाई तथा भैसी पालन सम्बन्धी तालिम संचालन गरिएको शाखा प्रमुख तुल्सा पाण्डेले बताउनु भएको छ।  शाखा प्रमुख तुल्सा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका लेखापाल रुपा शर्माको स्वागत तथा ओमकार बानियाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।३ दिने तालिमको सहजिकरण कञ्चन गाउपालिका पशुसेवा कार्यलयका प्राबिधिकहरुले गर्नु भएको छ ।