बाउन्न घोला सिमसार क्षेत्रमा माछाका भुरा छोडियो

प्रकाशित मिति:

रामु भुषाल/नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० मा अवस्थित बाउन्न घोला सिमसार क्षेत्रमा पर्यावरणिय स्वच्छता कायम राख्ने उदेश्यका साथ बुधबार एक कार्यक्रमको आयोजना गरि माछाका भुरा छोड्ने कार्य सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका कार्यकारी प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, बर्दघाट वडा नम्बर ९ का वडाध्क्ष चन्द्रकान्त चापागाई, १० का वडाध्यक्ष राजु मिश्र र ११ का वडाध्य कविराज आचार्य लागर्एतको उपस्थितीमा २० हजार माछाका भुरा छोडिएको छ ।

सो अवसरमा सिमसार क्षेत्र सरक्षण समितिका पदाधिकारीहरु, पत्रकार, बर्दघाट कृषी प्राविधिक, पशु प्राविधिक लागएतको सहभागिता रहेको थियो । बर्दघाट नगरपालिकाको १ लाखको आर्थिक सहयोगमा सिमसार क्षेत्रमा पर्यावरणिय स्वच्छता कायम राख्ने उदेश्यले हाल सो २० हजार माछाका भुरा छोडिएको र केही महिना पछी थप १० हजार माछाको भुरा छोड्ने तयारी रहेको सिमसार क्षेत्र सक्षरण समितिक अध्यक्ष कुलदिप श्रेष्ठले बताउनुभयो । बर्दघाट नगरपालिकाको पञ्चनगर देखी उत्तरपट्टी रहेको सो सिमसार क्षेत्र करिब १५ हेक्टर क्षेत्रफलमा फैलिएको र सो बर्दद्धाट नगरको गौरवका योजनामा रहेको र सो सिमसारको डिपियार तयार गरि कार्य अगाडी बढीरहेको बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलले बताउनुभएको छ ।