जनकपुर पुगेर विमलेन्द्र निधिले भने जनताको अधिकारका लागि लड्ने पार्टी कांग्रेस हो

प्रकाशित मिति:

जनकपुर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली जनताको राजनीतिक अधिकार, शासन प्रणाली र जनताको सार्वभौमसताको लागि लडने पार्टी नेपाली कांग्रेस मात्र रहेको बताएका छन्।

उनले नेपाली जनताले कांग्रेसको कार्यकालमा मात्र पुर्ण लोकतन्त्रको अनुभुति गर्न पाउने बताए। सोमवार धनुषाको शहिदनगर नगरपालिका यदुकोहामा आयोजित शहिद कामेश्वर कुशेश्वरको प्रतिमा अनावरण एवम् स्मृति समारोहमा बोल्दै नेता निधीले भने,  ‘देशमा नेपाली कांग्रेसकै कार्यकालमा अधिकांश विकास निर्माणका कार्यहरु भएको छ।’ ‘कांग्रेसले नै नेपाली जनताको विकास र समृद्धिको सपना साकार पार्छ।’

नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओलीले अरिंगालको आतंकको कुरा गरेर नेपाली कांग्रेस नतर्सिने बताए। उनले प्रधानमन्त्री जस्तो व्यक्तिले हिंसाको कुरा गरेर देश चलाउन नसक्ने चेतावनी दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव, प्रतिनीधि सभा सदस्य स्मृति नारायण चौधरी,  प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, नेता ललन चौधरी, नेवि संघका पुर्व केन्द्रिय सदस्य प्रवेश चौधरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। स्मरणीय छ नेपाल विद्यार्थी संघको नेतृत्वमा संचालित प्रजातान्त्रिक आन्दोलनको क्रममा २०२९ असोज १ गते कामेश्वर कुशेश्वरले शहादत प्राप्त गरेका थिए।