अर्घाखाँची बस दुर्घटनाः शोकमा डुब्यो अर्घाखाची मृतकको संख्या १९ पुग्यो

प्रकाशित मिति:

अर्घाखाँची/आज अपरान्ह अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९पुगेको छ । प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले सो दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको बताएका छन् ।

डीआईजी शाहका अनुसार सो दुर्घटनामा परी घाइतेहरुको उद्धार गरिएको छ । उक्त बस झण्डै ३५ जना यात्रु बोकेर अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको प्रहरीले बताएको छ ।लु२ख २१४८ नम्बरको उक्त बस अर्घाखाँचीको नरपानी र घुम्चीको बीचमा पर्ने स्थानमा आज अपरान्ह ४ः२० बजे दुर्घटना भएको थियो । अर्घाखाँचीको नरपानीमा दुर्घटना भएका घाइतेहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल , कृमसन अस्पताल र युसिएमएसमा भर्ना गरि उपचार गरिदै छ