पाँचौं पटक डायलाइसिस गरियो प्रधानमन्त्री ओलीको

११ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
25 Shares

File

काठमाडौं – एपेन्डिसाइटिसको शल्यक्रियापछि आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौं पटक डायलाइसिस गरिएको छ।प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै आज डायलाइसिस गरिएको हो ।अस्पताल स्रोतले भन्यो, ‘प्रधानमन्त्री मिर्गौलाका समेत बिरामी भएकोले उहाँको मिर्गौलाले काम गर्दैन, त्यसैले अहिले भर्खरै डायलाइसिस गरेर सकियो । अहिले प्रधानमन्त्री आईसीयूमै हुनुहुन्छ ।’प्रधानमन्त्री ओलीको यसअघि ग्राण्डी अस्पतालमामा डायलाइसिस गरिएको थियो ।यसैबीच अस्पातलले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाउँदै निरन्तर निगरानीमा राखेर उपचार भइरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया