ओपोद्वारा कलरओएस ७ सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ /ओप्पोले आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘कलरओएस७’ भारतको नयाँदिल्लीमा सार्वजनिक गरेको छ । ओप्पोले चीनभन्दा बाहिर एन्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो नै पहिलोपटक हो ।ओप्पोको हालसम्मकै सर्वाधिक ठूलो अपडेटका रूपमा लिइएको ‘कलरओएस७’ २० भन्दा बढी फोन मोडलका लागि उपलब्ध गराइने बताइएको छ । रेनो, फाइन्ड एफ, के र ए सिरिज अन्तर्गतका मोडलमा उक्त ओएस प्रयोग गर्न सकिनेछ ।

चीन, दक्षिण एशिया, दक्षिणपूर्वी एशिया, यूरोप, एसिया–प्यासिफिक र मिडल इस्ट लगायत क्षेत्रलाई यसका लागि ओप्पोले प्राथमिकातामा राखेको छ ।नोभेम्बर २६ देखि प्रयोगकर्ताले यसको ट्रायल भर्जनको अनुभव लिन पाउनेछन् । यो ओएसमा यूजर डाटा सुरक्षार्थ पर्सनल इन्फरमेशन प्रोटेक्शन शिल्ड उपलब्ध गराइएको छ, जसले थर्ड पार्टी एप्सबाट तिनका सूचना जोगाउन सघाउँछ ।