रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप गलत भएकाे बोद्यी श्रवण धर्म संघ काे दावी

प्रकाशित मिति:

काठमाडौँ : बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोपलाई बोद्यी श्रवण धर्म संघले गलत भनेको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले यसो भनेको हो । संघका सह-सचिव केवल लामाका अनुसार बम्जनलाई अपमानित गर्न यस्तो आरोप लगाइएको हो ।

‘बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एकजना आनी धर्मशीलपालना गर्न आफूलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय भएकोले बोधी श्रवण धर्म संघ केन्द्रीय कार्यालय खण्डन गर्दछ ।’

संघका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको बताए । उनले कपोकल्पित र झुठो आरोपको सरकारले खोजबिन गर्नुपर्ने बताए । उनले भने,‘गुरुमाथि लागेको आरोपको सरकारले छानबिन गर्नुपर्छ । जसले जे आरोप लगाएपनि सत्यको जित हुन्छ ।’

उनले मानव अधिकारको नाममा गुरुमाथि यस्तो आरोप लगाएर अमानवीय काम गरिएको आरोप लगाए । उनले यस्तो निराधार आरोप लगाएर देशी विदेशी तत्वहरुले नेपालमा धार्मिक सद्भाव खलबलाउन खोजिरहेको बताउँदै सरकार गम्भीर हुनुपर्ने पनि बताए ।

‘अहिले नेपालमा अस्थिरता फैलाउ प्रपञ्च चलिरहेको बेला नेपालीले गर्व गर्न पाएको बोधी श्रवण धर्मसंघ गुरुको जन्म र त्यो ज्ञानमार्ग कठिन तपमार्फत प्राप्त भूमि भएको कुरालाई नजरअन्दाज गर्दै गुरुप्रति हिलो छ्याप्ने दुष्प्रयासले थप अस्थिरता भड्काउने, बढाउने कुत्सित चाल बाहेक अरु केही नभएको कुरा यो बोधी श्रवण धर्मसंघ प्रष्ट गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई यसबाट भड्कन सक्ने साम्प्रदायिकताप्रति सजग, सचेत रहन र जिम्मेवारी वहन गर्न समेत आग्रह गर्दछ ।’

संघका पूर्व अध्यक्ष कमानसिंह लामाले गुरुमाथि आरोप लगाउने ती युवतीलाई आर्थिक हिनामिना गरेको आरोपमा संघले कारबाही गरेको स्मरण गराएका थिए ।

‘धार्मिक भेटी र चन्दाबाट संकलित ८ लाख हरायो । हराएको ८ लाख पैसाको खोजी हुँदा ती युवती लगायत अन्य ८ जनालाई संघले धार्मिक कारबाही गरेको थियो’, उनले भने, ‘त्यतिबेला उनका बुवा गुरुकामा आत्मा रणे मोक्तानले नै छोरीको सुटकेशमा ६ लाख पैसा रहेको खबर गरेका थिए । उनले नै आग्रह गरेपछि हामीले चोरीको मुद्दा चलाएनौं । त्यतिबेला हामीले कागजपनि गरेका थियौं ।’

त्यस्तै कार्यक्रममा बलात्कारको आरोप लगाउने युवतीका बुवा माआत्मा गुरु मार्ग गुरु रणे मोक्तानले छोरीले गुरु बम्जनमाथि लगाएको आरोप झुठो भएको स्पष्ट पारे ।

‘गुरुमाथि यस्तो झुठो आरोप लगाउनु गलत हो । मेरो छोरी भएपनि उहाँ पनि गुरुमार्ग आनी भएर बस्नुभएको थियो’, उनले भने, ‘उहाँलाई कसले उचालेको छ ? किन यस्तो असत्य कुरा बोल्दै हुनुहुन्छ ? उहाँले लगाएका आरोप सत्य होइनन्