अस्पतालमा गलत बिरामीमा मिर्गौला प्रत्यारोपण भएपछि…

१२ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
30 Shares


एजेन्सी – अमेरिकाको न्यूजर्सीमा रहेको अस्पतालमा गलत बिरामीमा मिर्गौला प्रत्यारोपण भएको छ । गल्तिबस एक बिरामीलाई प्रत्यारोपण गर्नु पर्ने मिर्गौला अस्पतालमा रहेका अर्कै बिरामीमा प्रत्यारोपण भएको अस्पतालका अधिकारीले बताएका छन् ।नाम र उमेर उही भएकाले अर्कै व्यक्तिमा मिर्गौला प्रत्यारोपण भएको अस्पतालको दाबी छ । प्रत्यारोपण गरिएका बिरामी पनि मिर्गौलाकै रोगी थिए । तर जसका लागि भनेर प्रत्यारोपणको तयारी भएको थियो त्यो भन्दा फरक व्यक्तिमा प्रत्यारोपण भएको थाहा पाइएको हो ।अहिले दुवै बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको र दुवैको अवस्था राम्रो रहेको क्यामडेनमा रहेको भर्चुआ आवर लेडी अफ लोर्डस हस्पिटलले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गलत बिरामीमा मिर्गौला प्रत्यारोपण भएको भन्ने जानकारी प्रत्यारोपणको भोलिपल्ट मात्रै भएको थियो ।

पहिलो प्रत्यारोपण नोभेम्बर १८ मा ५१ वर्षका व्यक्तिमा भएको थियो । ती व्यक्तिमा जोखिम तयारी गरिएका व्यक्तिको भन्दा कम रहेकाले प्रत्यारोपणको पर्खाईमा हुनेहरुको सूचिमा उनी पछाडि थिए । तर नाम र उमेर जुधेकाले गल्ती भएको जनाइएको छ ।वास्तवमा त्यो दिन प्रत्यारोपण गर्नु पर्ने व्यक्तिमा प्रत्यारोपण नभएको कुरा भोलिपल्ट मात्रै स्वास्थ्य टिमले थाहा पाएको थियो । अमेरिकाको नेटवर्क फर अर्ग्यान शेअरिंग संस्थाले प्रत्यारोपणको व्यवस्थापन गरेको थियो । सो संस्थाको वेबसाइटमा दिइएको जानकारी अनुसार अहिले अंग प्रत्यारोपणका लागि एक लाख १३ हजार मानिस पर्खाईको सूचिमा छन् । त्यसमध्ये ९५ हजार जना मिर्गौलाका लागि पर्खिरहेकाहरु हुन् ।नोभेम्बर १८ मा मिर्गौला पाउनु पर्ने बिरामीमा त्यसको एक हप्तापछि प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । अस्पतालले दुवै बिरामीको पहिचान खुलाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया