रोट्रयाक्ट डाउनटाउनद्धारा रक्तदान

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – सामाजिक क्रियाकलापहरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आनो नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल बल्ड बैंकमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताहरुले रक्तदान गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए ।  कार्यक्रमका प्रमुख अतिथि औषधी व्यवसाय संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले रक्तदान गर्न अरुको लागि जिवन दान दिनु हो र रगतको अभाव बाट कसैको जिवन नगुमोस भन्दै नियमिति रक्तदान गर्नु पर्ने बताउनुभएको थियो ।

साथै कार्यक्रमको प्रशंसा गर्दै धन्यबाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ प्रदेश नं ५ का सदस्य कृष्ण कुमार श्रेष्ठले ५२ औं पटक रक्तदान गर्दै सबैलाई रक्तदानमा समावेश हुन र नियमित रक्तदान गर्न आग्रह गरेका थिए ।  कार्यक्रममा बोल्दै नियमित रक्तदानले आनै शरीर स्वस्थ राख्न मदत पु¥याउनुका साथै रगत आभावमा परेकालाई ठुलो सहयोग हुने हु“दा आनै लागि रक्तदान नारा सहित कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक रमेस पन्थीले बताएका थिए । साथै कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जिवन अधिकारी, कमल थापा श्रेत्री, बालकृष्ण पाण्डे, राजिव गौतम, अजित घताने लगाएतले क्लबले गरेका कार्यको प्रशंसा गर्दै क्लबका हरेक कार्यक्रममा आफुहरुको साथ र सहयोग रहेको बताएका थिए । साथै उक्त रक्तदान कार्यक्रमको सञ्चालन लक्ष्मण पन्थीले गरेका थिए ।