भिन्न क्षमता भएकी हाईमायाले घरवाटै पाईन नागरिकता

प्रकाशित मिति:

वालिङ – वालिङ नगरपालिका वाड नं ४ की हाईमाया गुरुङ भिन्न क्षमता भएकी महिला हुन् । उनी बोल्न र हिँडडुल गर्न सक्दिनन्। खाना खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ। आफ्नी आमाको साहारामा माझकोटमा रहेकी उनी आमाको मृत्यू पछि दाजुको साहारमा वालिङ नगरपालिका वाड नं १ रामवाच्छामा बसिरहेकी छन् । ५१ वर्षको हुँदासम्म पनि नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवाबाट बञ्चित भइरहेकी थिइन्।

वुधवार उनकी दिदी टौमाया गुरुङले इलाका प्रशासन कार्यालय वालिङमा जानकारी गराएपछि तत्काल शाखा अधिकृत दामोदर शर्मा र वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी उनको घरमा पुगेर उनलाई नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयको टोली घरमै नागरिकता पुर्‍याउन जाँदा उनी निक्कै खुशी देखिन्थिन्। उनी सबै कुरा बुझ्न सक्दिनन नागरिकता पाउदा उनीको अनुहारमा एक प्रकारको खुसि महशुस भएको थियो । उनको नागरिकताका लागि ज्वाईले वडा कार्यालयवाट सिफारिस बनाएर इलाका प्रशासन कार्यालय लगेका थिए । कार्यालयमा उनको अवस्थाको वारेमा जानकारी गराएपछि इलाका प्रशासन कार्यालयवाट अधिकृत सहितको टोली उनी बसिरहेको घरमा पुगेर नागरिकता प्रदान गरेको थियो ।

प्रशासकीय अधिकृत दामोदर शर्माले घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको बताए। ‘प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ नागरिकता वितरण गर्दै उनले भने, ‘सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिएका हौं।’ नागरिकता प्रदान गर्न पुगेकी वालिङ नगरपालिका उप प्रमुख कल्पना तिवारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले १० प्रकारका शारीरिक समस्या भएका व्यक्तिलाई अपाङ्गताको सूचीमा राखेको जानकारी दिदैं उनीहरुको सेवा सुविधामा स्थानीय तहले कुनै भेदभाव नगरीकन सुविधा प्रदान गरेको बताईन । उप प्रमुख तिवारीले हाईमायाको सामाजिक सुरक्षा भत्ता र अपाङ्ग परिचय पत्रका लागि नगरपालिकामा सम्पर्क गर्न उनकी दिदीलाई जानकारी गराएकी थिईन् ।