किशोरीहरुको समस्या बारे जनप्रतिनिधिहरु संग सवांद कार्यक्रम सम्पन्न

१२ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
38 Shares


नवलपरासी – श्रीजनशिल किशोरी समुह सरावल २ तिलौली पश्चिम नवलपरासीको आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र एबिसि नेपालको सयुक्त सहयोगमा किशोरीहरुको समस्या बारे जनप्रतिनिधिहरु संग सवांद कार्यक्रम विहिबार त्रिमुर्ती प्रावि तिलौलीको हलमा सम्पन्न भएको छ। श्रीजनशिल किशोरी समुहकी अध्यक्ष श्रृष्टी चौधरीको अध्यक्षता तथा सरावल गाउँपलिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं सरावल वडा नम्बर २ का वडाध्यक्ष शम्भु चौधरीको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले किशोरीहरुको समस्यालाई समाधान गर्न सरावल गाउँपालिका हर बखत तयार रहेको भन्दै सो लागी सरावल गाउँपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको हुदा छिट्टै नै सरावल गाउपालिबाट यस्ता समस्याहरुलाई न्यु्निकरण गरि बालमैत्री सरावल

 

गाउँपालिका घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । साथै उहाँले किशारीहरुको समस्या बुझ्ने पहिलो अधिकार तिनका अभिभावकको रहेको हुदा यस प्रति अभिभावकले पनि चासो दिई किशोरीहरुको समस्या समाधानमा सहयोग गर्नुपर्ने कुरामाथि जोड दिदै उहाँले यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा समेत गर्नुभयो । सोही अवसरमा बोल्दै विशेष अतिथि सरावल २ का वडाध्यक्ष शम्भु चौधरीले अहिले सरावल गाउँपालिका वडा नम्बर १, २ र ३ बालमैत्री वडा घोषणा हुने चरणमा रहेको हुदा किशोरीहरुको समस्या समाधान नभएसमम बालमैत्री वडा घोषण गरेको कुनै अर्थ नहुने भन्दै किशोरीहरुको समस्या समाधानमा हामी सबै आ-आफ्नो ठाउबाट विभिन्नन सचेतनामुलक कार्यक्रमहरु

संचालन गर्दै लाग्न सके वडालाई बालमैत्री वडा घोषणा गर्नमा सहजता आउने बताउनुभयो । सो अवसरमा सरावल वडा नम्बर २ की महिला वडा सदस्य तथा सरावल गाउ कार्यपालिका सदस्य छिमा देवी राय, वडा सदस्य बिजयसिँह गुप्ता, शिक्षिका सिता शर्मा, संवादसंग जोडिएर रहेका नर्वेका विदेशी महिलाको टोली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र राय, पत्रकार टेक बहादुर हरिजन सहित समुहकी सम्पुर्ण किशोरीहरु, महिलाहरु लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा समुहका किशारीहरुले आ -आफ्नो समस्याहरु सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीलाई सुनाएका थिए । समुहकी सचिव उमा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सन्दप विकले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया