आर्सनल आईन्ट्याचसँग २-१ ले पराजित

प्रकाशित मिति:

काठमाडौं/ युरोपा लिग फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ ।बिहीबार राति भएको खेलमा आर्सनल बुन्डेशलिगा क्लब आईन्ट्याच फ्रान्कफर्टसंग २–१ ले पराजित भएको हो ।३१ औ मिनेटमा डेबिड लुईज छातिमा चोट बोक्दै मैदान छाडेपछि आर्सनलको लय र नियन्त्रण गुमाएको थियो ।पियरिक एम्रिक अबुमियाङले ४५ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

५५ औ मिनेटमा पाहुना टोलीका लागि जापानिज फरवार्ड दची कामडाले बराबरी गोल फर्काए । ६४ औ मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै लण्डन क्लबलाई निराश बनाउने काम गरे आर्सनल छनोटको अन्तिम खेलमा स्ट्यान्डर्ट लिगसंग ठुलो अन्तरको हार रोके मात्र समेत युरोपा लिगको अन्तिम ३२ मा छनोट हुनेछ ।हारपछि समेत आर्सनल ५ खेलबाट १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । फ्रान्कफर्ट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।