सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा बम फेला

प्रकाशित मिति:

महेश सिंह/सिरहा –

सिरहाको धनगढी माई नगरपालिकाका मेयर हरि नारायण चौधरी बस्ने कोठाको मुनि शंकास्पद बस्तु फेला परेको छ । उक्त बस्तु बम जस्तो देखिएको छ । नगरपालिकाको मुख्य गेटमा शंकास्पद बस्तु रातो झोलामा रहेको छ । बम कसले र कतिबेला राखेको विषयमा केहि खुल्न सकेका छैन।

अहिले नेपाली सेना र नेपाल प्रहरीको बम डिस्पोजल टोली आएर बम डिस्पोज गर्न लागेको प्रहरीले जनाएको छ । एका बिहानै बम फेला पर्दा गाउँ नै त्रसित भएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।